Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

वीरगंज महानगरकाे निर्माण योजनाले तिब्रता पाए

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको जनप्रतिनिधिहरुको सक्रियता पछि संधन सहरी योजनाले तिब्रता लिएको छ । नगर प्रमुख विजय कुमार सरावगीको अध्यक्षमा  बसेको त्रिपक्षीय बैठकले सधन सहरीयोनालाई तिब्रता दिने निर्णय पश्चात  महानगरपालिका मित्र रहेका सडक तथा नाला निर्माण कार्यलाई तिब्रता दिइएको हो ।

महानगरपालिकाका जनप्रतिनिधि, सधन सहरी एवं भवन कार्यालय र ठेक्केदार पक्ष विच भएको छलफलमा आएका सवै अवरोधहरुलाई बल पुर्वक समाधान गर्ने सहमती भएको थियो । स्थानिय वडा वासिहरुद्धारा उत्पन्न गरिएको अवरोधहरुलाई अबिलम्ब समाधान गर्न वडाअध्यक्षहरुलाई नगर प्रमुख सरावगीले दिएको निर्देशन पक्ष्चात निर्माण कार्यमा तिब्रता आएको हो ।

यसैगरी महानगरपालिकालाई जिल्लासगं जोडने महानगरपालिकाको मुटुकै रुपमा रहेको  घण्टाघर – रानीघाट हुदै रामगढवामा हुलाकि सडकसगं जोडने सडक तथा नाला निर्माणको  कामले तिब्रता पाएको छ । ठेकदारले  निर्माणठेक्का लिएको तिन बर्षसम्म पनि बाटो निर्माणका कार्यलाई सुरु नगरेको कारण जिल्लाको ग्रामिण भेगबाट आवागमन गर्ने सवारी एवम जिल्लावासीलाई ठुलो सास्ती भोगनु परेको थियो ।

रानीघाटका स्थानियहरुले नगरप्रमुख विजयकुमार सरावगीलाई गुनासो गरेपछि  सरावगीको पहलमा वीरगन्जको घण्टाघर देखि रानीघाटको पुल जाने बाटो निर्माणका  कामले तिब्रता पाएको हो । काम सुरु भएको देखेर रानीघाटका स्थानियहरु चौकमा जम्मा भई नगरप्रमुख सरावगीलाई धन्यबाद समेत दिएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...