Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

महुवन उपनिर्वाचन : यी नै हुन् वडाध्यक्षको प्रत्यासी  

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनको रिक्त रहेको वडाध्यक्षको लागि यही मंसिर १४ गते उपनिर्वाचन हुदै छ । पर्साको एक मात्र महुवनमा उप निर्वाचन हुने भएकोले सबैको ध्यान त्यस तर्फ नै देखिन्छ । उप निर्वाचनको लागि निर्वाचन कार्यालयले प्रक्रिया समेत अगाडी बढाई सकेको छ ।

निर्वाचन कार्यतालिका अनुसार कार्त्तिक २७ गते बुधबार मनोनयन दर्ता भएको थियो भने आज निर्वाचन कार्यालयले मनोनयन दर्ता गराएकाहरुको अन्तिम नमावली प्रकाशन गरेको छ । निर्वाचन कार्यालयले प्रकाशन गरेको अन्तिम नमावली अनुसार वडाध्यक्षको प्रत्यासी ५ जना देखिएका छन् ।

एक जना स्वतन्त्र र ४ जना विभिन्न दलका उम्मेदवारी गरी वडाध्यक्षको प्रत्यासी ५ जना देखिएका हुन् । निर्वाचन कार्यालयले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नमावली अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट उदयशंकर प्रसाद रौनियार, नेपाली कांग्रेसबाट अशेशर प्रसाद यादव, समाजवादी पार्टीबाट रुपलाल कुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबा (रा.प्र.पा.)बाट सदरी महरा र स्वतन्त्र उम्मेदवार गोपाल साह कानुले वडाध्यक्षको प्रत्यासी देखिएका हुन् । मतदाताहरुले वताए अनुसार वडाध्यक्षको प्रत्यासी ५ जना भए पनि मुख्य प्रतिस्पर्धा नेकपा, नेका र सपाका उम्मेदवार विच हुने छ ।

उम्मेदवारहरुको बारेमा चर्चा गर्दा समाजवादी पार्टीका उम्मेदवार रुपलाल यादव निवर्तमान संघिय समाजवादी फोरमबाट निर्वाचित वडाध्य वृजमोहन यादवका जेठो छोरा हुन् । उनी सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ बलुवाका हुन् । उनको पिता वृजमोहनको निर्वाचित भएको ३ महिना पछि निधन भएको थियो । वृजमोहन ६ सय ९४ मत ल्याएर निर्वाचित भएका थिए भने उनका निकटत्म प्रतिद्धन्दी तत्कालिन नेकपा एमालेका उम्मेदवार महिन्द्र प्रसाद यादव ५ सय ८५ मत ल्याएका थिए । समान्य परिवारका सधारण सवभावका व्यक्त्ति रुपलाल पेशाले ठेक्दार हुन् । २७ बर्षिय रुपलाल राजनितिमा नयाँ ब्यक्त्ति हुन् । उनी उम्मेदवार भएको पार्टीबाट नै निर्वाचित गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल छन् । रुपालाल कक्षा १२ सम्म अध्ययन पढेका छन् ।

अर्का उम्मेदवार नेकपाका उदयशंकर पनि पेशाले ठेक्दार नै हुन् । उनी सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनका हुन् । अन्दाजी ३० बर्षिय उदयशंकर बाहिरी राजनितिमा संलग्न भए पनि गाउँको राजनितिकमा नयाँ ब्यक्त्ति हुन् । उदयशंकर कक्षा १० सम्म अध्ययन गरेका व्यक्त्ति हुन् ।

नपाली कांग्रेसका उम्मेदवार अशेसर पेशाले कृषक हुन् । उनी सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ बलुवाका हुन् । अन्दाजी ५० बर्षिय अशेसर राजनितिकमा संलग्न भएका पुराना ब्यक्त्ति हुन् । उनी साक्षर छन् ।

राप्रपाका उम्मेदवार सदरी दलित समुदायका हुन् । महुवन निवासी सदरी पेशाले ज्यालादारी गर्ने व्यक्त्ति हुन् । अन्दाजी ३५ बर्षिय सदरी राजनितिमा नयाँ व्यक्त्ति हुन् । उनी पनि साक्षर नै छन् ।

स्वतन्त्र उम्मेदवार गोपालको नास्ता पसल छ । उनको घर पनि महुवन नै हो । अन्दाजी ४५ बर्षिय गोपाल राजनितिमा संलग्न हुदै आएको व्यक्त्ति हुन्  । उनी पनि साक्षर छन् । उनलाई नेपाल संघिय समाजवादी पार्टीका नेता राजकुमार यादवले उम्मेदवार बनाएको वताइन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजसहित पर्सा-बाराका ६ पालिका जोड्ने सार्वजनिक यातायात सञ्चालनको तयारी

वीरगंज । वीरगंज महानगरपालिकासहित बारा र पर्साका छ पालिकालाई जोडेर एकीकृत सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ । ग्रामीण बस्तीलाई मुख्य...

केवाईसी अपडेटको बहानामा ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

रौतहट । बैंक तथा डिजिटल वालेटको केवाईसी (KYC) अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्‍याएर करिब ५० लाख रुपैयाँ...

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...