Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

निजामती कर्मचारीहरुको उमेरहद ५८ वर्षबाट बढेर ६० वर्ष कायम

spot_img
spot_img

काठमाडौँ । निजामति कर्मचारीहरुको सेवाको उमेरहद ६० बर्ष निर्धारण गर्ने गरी नियम बनाउने बिषयमा संसदको राज्य ब्यवस्था तथा सुशासन समितिमा सहमति कायम भएको छ ।

लामो समयदखि समितिमा रहेको ,संघिय निजामति सेवा सम्बन्धि बिधेयक मस्यौदा बारेमा छलफल गर्न बिहिबार बसेको राज्य ब्यवस्था समिति बैठकले यसअघि बिद्यामान ५८ बर्षे उमेर बढाएर ६० बर्ष तोक्ने ब्यवस्था गर्ने सहमति गरेको हो ।

समिति बैठकमा सहभागी संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रि लालवाबु पण्डितले परिवर्तित सन्दर्भ अनुरुप कर्मचारी प्रसाशनको प्रभावकारिता बढाउन पुराना व्यवस्था परिमार्जनको आवश्यकता रहेको बताउनुभयो

मन्त्रि पण्डितले दण्डको ब्यवस्था मजबुत गरेर मर्यादित तथा जिम्मेवार निजामति सेवाको रुपमा, यस्को रुपान्तण हुनेगरी बिधेयक पारित गर्नुपर्नेमा जोड दिनुभयो ।

दफावार छलफलमा रहेको संघिय निजामति बिधेयकलाई अन्तिम रुप दिन राज्य ब्यवस्था समिति केही दिन यता छलफलमा जुटिरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...