Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

छठि घाटकाे म्युजिक शिष्टम खाेल्ने क्रममा करेन्ट लागेर एककाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ३ पकहामा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । पकहा छठी घाटमा म्युजिक शिष्टम खाेल्ने क्रममा करेन्ट लागेर स्थानिय बर्ष ४८ का मनाेज साहकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार आइतबार विहान ९ बजे छठी घाट सजावटकाे लागि जडान गरिएकाे म्युजिक  खाेल्ने क्रममा साह करेन्ट लागेर घाईते भएका थिए । घाईते साहलाई उपचारकाे लागि वीरगंज हेल्थ लैजाने क्रममा बाटाे मै मृत्यु भएकाे हाे ।

मृतक साहकाे शव नारायणी अस्पताल वीरगंजमा पाेष्टमार्टम भए पछि मृतककी श्रीमती सिन्धु देवीले शव बुझी सकेकाे र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...