Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

दोषी उपर कार्वाही गर्न विद्यार्थी संगठनको मांग, अतिरिक्त शुल्क फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेज वीरगंजमा बिहिबार घटेको अपराधिक घटनाको छानबिन गरी दोषी माथी कडा कार्वाही गर्न पर्साका विद्यार्थी नेताहरु मांग गरेका छन् ।

समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य निघिल बर्णवाल र नेपाल विद्यार्थी संघ पर्साका सचिव रोशन सिंहको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका विद्यार्थी नेताहरु प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाउदै दोषी उपर कार्वाहीको मांग गरेका हुन् ।

नेशनल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुबाट विभिन्न शुल्कको नाममा अतिरिक्त शुल्क मनोमानी ढंगले कलेज प्रशासले उठाई रहेको कुरा अवगत भएको र यस विरुद्धमा उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै न्यायको लागि सार्वजनिक रुपमा गुहार गर्दा विभिन्न वहाना बनाई विद्यार्थीहरुलाई अनावश्यक धाक–धमकी, डर त्रास कुटपिट गरेको प्रति विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य बर्णवालले वताए ।

यस्तो घटना तत्काल रोकन र विद्यार्थीहरुलाई शान्ति सुरक्षाको अनुभुति दिलाई कलेजमा घटेको घटनाको छानविन गरी दोषी उपर कडा कर्वाही गर्न हाम्रो माग रहेको नेवि संघका जिल्ला सचिव सिंहले वताए । यसका साथै सरकारले तोकेको भन्दा बढी विभिन्न बहानामा अशुल गरिएको अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न विधार्थी नेताहरुले जोडदार मांग गरृेका छन् ।

अन्यथा आफुहरु मेडिकल कलेजका पिडित विद्यार्थीहरुको समर्थनमा चरणबद्ध आन्दोलन गर्न बाध्य हुने समाजवादीका बर्णवाल र नेवि संघका सिंहद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...