Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

मोबाईल चोरी गर्ने गिरोहका ४ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले मोबाईल चोरीकाेे घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं ३ का गौरी शंकर यादव, वीरगंज महानगरपालिका वडा १७ बस्ने मनोज राम हरिजन, वीरगंज महानगरपालिका वडा नं १४ बस्ने जमसेद अंसारी र भारत जिल्ला बिहार पूवी चम्पारणका बिक्रम पटेल रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारैजनाको साथ बाट भारतिय र नेपाली रुपया नगद बरामद गर्नुका साथै १७ ओटा विभिन्न कम्पनीका मोबाईल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ  ।

वीरगंज महानगरपालिकाको विभिन्न ठाउबाट मोबाइल चोरि गर्ने पक्राउ परेका चारैजनालाई आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरीको हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...