Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

नेकाको सुभकामना अदानप्रदान सुरु, सरकारले ब्रहमलुट मचायो : नेता रिजाल

spot_img
spot_img

पर्सा । नेपाली कांग्रेस पर्साका नेताहरुले बर्तमान सरकार र पर्साका जनप्रतिनिधीहरुले पनि जनताको कामभन्दा आफनो व्यतिmगत स्वार्थमा डुबेको आरोप लगाएका छन । पर्साको छिपहरमाई गाउँपालिकामा बुधबार नेपाली कांग्रेस गाउँपालिका कमिटीले आयोजना गरेको दशै, तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेताहरुले यस्तो आरोप लगाएका हुन ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले नेकपाको सरकारका कारण माथी देखी तल सम्म ब्रमहलुट मचेको वताए । केपी ओली नतृत्वको सरकार र लालबाबु नेतृत्वको प्रदेश सरकार भ्रष्टचारमा लिप्त भएको अरोप लगाएका हुन । नेता रिजालले नेकपाको सरकार चिन संग मिलेर कम्युनिष्ट शासन ल्याउन चाहेको वताए । कम्युनिष्ट शासन आए हास्न त हास्न रुन पनि नसकिने उनको भनाई थियो । संविधानको रक्षाको लागि सपथ खाएकाहरु मन्त्री भएकाहरु संविधान दिवस नमनाउने भनेर भ्रम फैलाएका वताए । हिमत भए राजिनामा दिएर आएर संविधान संसोधनको लागि लड्न उपेन्द्र यादवलाई नेता रिजालले चुनौति समेत दिए ।

ajay chaurasiya_kalikatimes

नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले बर्तमान सरकार जनताको कामभन्दा भ्रष्टाचारीलाई पाल्ने गरेको आरोप लगाए । उनले नेकपाको सरकारले ठुला व्यापारीबाट कमिसन लिएर कर मिनाहा गरेको र जनताले तिरेको पैसामा कार्यकर्ता पाल्ने गरेको आरोप लगाए । केन्द्रिय सदस्य चौरसियाले नेकपाको बर्तमान सरकारसंग जनताको घृणा पैदा भईसकेको आरोप लगाउदै आगामी निर्वाचनमा नेपाली कांग्रेसको विकल्प नभएको दाबी गरे ।

surendra chaudhary_kalikatimes

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवम् पुर्व मन्त्री सुरेन्द्र चौधरीले नेपाली कांग्रेसलाई जनताको हित र देश विकासको चिन्ता रहेको बताउदै मधेश केन्द्रित दल र नेकपाका जनप्रतिनिधीहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । पुर्व मन्त्री चौधरीले केपी ओली नेतृत्वको सरकारले ठुल्ल ठुल्ला भ्रष्टारलाई ढाकछोप गरि त्यसैको कमिसनले पार्टी चलाईरहेको आरोप लगाए । उनले ३३ किलो सुन प्रकरण र वाईडबडी प्रकरणमा वर्तमान सरकारका केहि मन्त्रीको हात रहेको आरोप लगाए । उनले स्थानिय तहमा व्याप्त भ्रष्टाचार मौलाएको बताउदै नेपाली कांग्रेसले चुप लागेर नबस्ने बताउदै भ्रष्टाचारको भण्डाफोर स्थानिय तहदेखि केन्द्रसम्म गर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्साका नेता तथा पुर्व जिविस सभापति जनार्दन सिंह क्षेत्रीले मधेश केन्द्रित दलहरु मधेशी जनतालाई भ्रममा पारी सताको स्वार्थमा रमाएको आरोप लगाए । उनले मधेश केन्द्रित दलका नेताहरुको दोहोरो चरित्र रहेको बताउदै संविधान संसोधनको नाममा एकातिर विरोध गर्ने र त्यहि संविधानलाई मानेर मन्त्री समेत बनेको बताए । यो मधेशी जनतालाई मुर्ख बनाउनुभन्दा अरु केहि नरहेको बताए । कांग्रेस नेता क्षेत्रीले मधेशी जनताले अब मधेश केन्द्रित दलको असली चरित्र बुझिसकेको बताउदै आगामी चुनावमा सबक सिकाउन जनता तयार रहेको बताए । उनले नेपाली कांग्रेस पार्टी नेपाली जनताको हकहितको पार्टी रहेको बताउदै नेपाली कांग्रेसको आवश्यकता जनताले महसुस गरिरहेको बताए ।

शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला सदस्य तथा युवा नेता नविन सिंह, क्षेत्र नं.४ का क्षेत्रीय सभापति लालबाबु पाण्डेय लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...