Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

करको भार थुपारि उधोग नै धराशायी बनाउने खेल : सांसद प्रदिप यादव

spot_img
spot_img

नेपाल सरकारको बाधयात्मक व्यवस्थाले मजदुरहरु मारमा

वीरगंज । गरिब मजदुरलाई समेत अनिवार्य रुपमा व्यक्तिगत प्यान लिनुपर्ने बाध्यात्मक व्यवस्थाले मजदुरहरु अन्यायमा परेको सांसद प्रदिप यादवले बताएका छन् ।

वीरगंजको होटल मकालुमा आयोजित प्रविधि तथा सामाजिक विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले नेपाल सरकारले ल्याएको अर्थ व्यवस्था सृद्धिढ जस्ता नितिले घरेलु उत्पादकहरु मारमा परेको छ । उनले भने, जो आजसम्म बैंक नै गएका छैनन् ति मजदुर कहाँबाट प्यान लिन जाउन पछिल्लो समय अनलाईन बिलिङ्ग प्रणाली ईट्टा उधोगहरुमा के काम ? अर्थमन्त्री समक्ष प्रश्न गर्दै उनले ग्रामिण बस्तीमा राम्रोसंग विजुलि बतिको व्यवस्था नभएको अवस्थामा ईन्टरनेटबाट हुने अनलाई बिलिङ्गको काम कसरी गर्ने ?
पर्सा क्षेत्र नम्बर एक का सांसद समेत रहेका सांसद यादवले जनता मारा करले सरकारले ५ लाख युवालाई रोजगारी दिने लक्ष्यलाई बाधा पुग्ने उनको ठहर थियो । स्थानीय उत्पादक उधोगी व्यापारीहरुलाई विभिन्न बहानामा करको भार थुपारि उधोग नै धराशायी बनाउने खेलले देश अग्रगति तर्फ लम्कन नसक्ने उनको भनाई थियो ।

यसैगरी उनले हिजोको दिन भन्दा अहिले ईट्टा उधोगमा बाल मजदुर जस्ता समस्या नरहेकाले बेमौसमी पानीले ईट्टा उधोगीहरुलाई हुने नोक्सानीमा नेपाल सरकारले क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने उनको भनाई थियो । जनताको सदैव साथमा आफु रहेकाले जनताको समस्या समाधानका लागी आफु सांसदमा समेत अवाज उठाईरहने बताएका थिए ।

बारा पर्सा इटा उधोग व्यवसायी संघका अध्यक्ष असर्फी प्रसाद जयसवालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल इटा उधोग महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र बहादुर चित्रकार, प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य मञ्जुर आलम, पर्सागढी नगरपालिकाका मेयर लोक नारायण यादव, पोखरिया नगरपालिकाका मेयर दीप नारायण प्रसाद रौनियार लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...