Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

आक्रमणकारी उपर कर्वाहीको माग गर्दै तरुण दल पर्साद्वारा ज्ञापन

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस निकट नेपाल तरुण दल पर्साले आज जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल तरुण दल बाके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष सन्दीप जङ शाह लगायत तरुण कार्यकर्ताहरु माथी असोज १ गते भएको सङ्घातिक आक्रमणको दोषी उपर कर्वाहीको मांग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराई मार्फ गृह मन्त्रीलाई ज्ञापन पत्र बुुझाइएको तरुण दल पर्साका सचिव विवेक चौरसियाले वताए ।

ज्ञापन पत्र मार्फत असोज १ गते राति १०ः३० बजे नेपालगन्जको धम्बोझी चोकमा बिनोद खड्का र दीपक खड्का लगायतका हतियारधारी पेशेवर गुन्डाहरुद्वारा नेपालगन्जका नगर अध्यक्ष सन्दीप जङ शाह, घमण्ड खड्का, अमर रोकाया माथी आक्रमण गरि सख्त घाइते बनाएको अमानवीय घट्न प्रती नेपाल तरुण दल पर्सा घोर निन्दा र भत्सर्ना समेत गरेको छ ।

घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनामा सन्लग्न सम्पुर्ण अपराधीहरूलाई कानुनी कार्यवाही गर्न र समाजमा शान्ती र अमन चयन कायम राख्न नेपाल तरुण दल पर्सा नेपाल सरकार सङ जोडदार माग गरेको सचिव चौरसियाले जानकारी गराए ।

नेपाल तरुल दलका जिल्ला सचिव चौरसियाको नेतृत्वमा ज्ञापन पत्र बुझाउन तरुण दलका केन्द्रिय पार्षद हुकुम सिङ, क्षेत्रीय अध्यक्षहरु अनिल यादव, फनिन्द्र पटेल, जिल्ला सदस्यहरु सुशील साह, मिकु सिंह, श्याम चौधरी, उपनेश चौरसिया, रहमदिन सिद्दिकी लगायत तरुण दलका नेता कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...