Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

घाँटी रेटिएको अवस्थामा बिन्दवासिनी गापामा एक युवक शव फेला

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ हांसवामा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । हासवास्थित पुल नजिकै खाल्डोमा फेला परेको शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

अन्दाजी २५ देखी ३० बर्षको सेतो कालो धर्का भएको रातो टी सर्ट, कालो जीन्स पाइन्ट र रातै जुत्ता लगाएको युवकको घाँटीमा धारिलो हतियारले काटेको अवस्थामा शव फेला परेको इलका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

‘घाँटीमा काटिएको जस्तो चोट छ, मृतकको पहिचान खुलेको छैन,’ उनले भने, ‘मृतकको पहिचानसँगै के कारणले मृत्यु भएको हो भन्ने बारे अनुसन्धान गरिरहेका छौं ।’

प्रहरी चौकी प्रसौनी भाठाका प्रमुख प्रहरी नायब निरीक्षक प्रेमराज मिश्रलगायतको टोलीले घटनास्थल पुगी मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको प्रहरी निरिक्षक सिंहले जानकारी गराए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...