Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

बाल दिवसको उपलक्ष्यमा बिन्दवासिनीमा विभिन्न कार्यक्रम

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर १, २ र ५ मा आइतबार बिभिन्न कार्यक्रम गरी बालदिवस मनाइएको छ । राष्ट्रिय बालदिवसको उपलक्ष्यमा बिन्दवासिनी गाउँपालिकाको ३ ठाउँमा सरसफाई र बृक्षारोपण गरी बाल दिवस मनाईएको हो ।

वडा नम्बर २ बहुअर्वा भाठ्ठा र वडा नं. ५ प्रसौनी भाठ्ठामा बालबालिकाहरुले सरसफाई गरी बालदिवस मनाएका छन भने वडा नं. १ गर्दाैलमा बिभिन्न जातीका बिरुवाहरु रोपी बालदिवस मनाइएको समाजिक परिचालिका मिना देवीले बताइन । वृक्षा रोपन कार्यक्रमको उदघाटन वडा नम्बर १ का वडा अध्यक्ष सागीर मियाले बिरुवा रोपी गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटीको आयोजना र वडा नम्बर १ वडा कार्यालयको सहयोगमा बृक्षारोपण कार्यक्रम भएको हो । जय माँ बिन्दवासिनी बाल क्लब र सरस्वती बाल क्लब गर्दाैलका अध्यक्ष नरेश बैठा र बिनिता साहको अगुवाईमा र समाजिक परिचालिका मिना देवीको सहजीकरणमा १ सय ५१ वटा बिरुवा रोपिएको हो ।

वडा कार्यालय देखी पद्धमरोड सम्म, श्री ज्ञानसागर दलित पा्रथमिक बिधालय र श्री बागडमैना प्राथमिक बिधालय गर्दाैलको प्रांगनमा बिरुवा रोपिएको वडा अध्यक्ष सागीर मियाले बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...