Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

आरक्षण बचाउ आन्दोलनकारी माथी प्रहरी ज्यादती, १९ पक्राउ

spot_img
spot_img

काठमाडौं । लोक सेवाको विरोधमा सिंह दरबारमा धर्ना बस्ने १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । आरक्षण बचाऔँ आन्दोलनको पूर्वघोषित आन्दोलनको कार्यक्रम अन्तर्गत आइतबार सिहंदरबारमा शान्तिपूर्ण धर्ना दिने १९ जनालाई प्रहरीले पक्राउ गरेको आन्दोलनका सरोज रायले वताए ।

प्रकाउ पर्नेमा टिएमएनसी सदस्य काशिन्द्र यादव, सिएन थारू, नेपाल आदिवासी जनजाति महासंघका कार्यवाहक अध्यक्ष गोबिन्द छन्त्याल, दलित गैसस महासंघ अध्यक्ष भक्त विश्वकर्मा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, दलमर्दन कामी, सुखवीर थामी, सहेक विश्वकर्मा, हेमन्त राई, राकेश राई, कल्पना सुनार, उस्पार सुनार, थाङ्साङ लावता, वाङ्जु तामाङ, खगेन्द्र माखिम, जयनकुमार मोक्तान, रमेश थापा मगर, लक्ष्मी थापा, महेश अधिकारी रहेको रायले जानकारी गराए ।

लोकतान्त्रिक शासन व्यवस्थामा शान्तिपूर्ण धर्ना बस्दा समेत अनावश्यक बल प्रयोग गरेर प्रहरीले ज्यादती गरेको वताउदै उनले घोर निन्दा र भर्त्सना समेत व्यक्त गरे । प्रहरीले शान्तिपूर्ण धर्ना बस्नेहरु माथी अमानविय तरिकाले अनावश्यक बल प्रयोग गर्दै नियन्त्रणमा लिएको उनले वताए । प्रकाउ परेकाहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएपछि प्रर्दशनकारीहरुले चर्का नाराबाजी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामासमेत माग गरेका थिए । पक्राउ परेकालाई रिहा गर्न भन्दै नारा जुलुस गर्ने केहहीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

आदिवासी, जनजाति, महिला, दलित र पछाडि परेका समुदायले लोक सेवा आयोगले सरकारको सिफारिसमा खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विरोध प्रर्दशनको कामलाई निरन्तरता दिईरहेका छन । उनीहरुले सो विज्ञापन खारेज नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी पनि दिँदै आएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...