Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

दादागिरी शैलीमा धर्मशाला उदघाटन : वडाध्यक्ष कलवार

spot_img
spot_img

बारा । परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायण साहले दादागिरी शैलीमा धर्मशाला उदघाटन गराएको वडाध्यक्ष रामेश्वर साह कलवारले आरोप लगाएका छन । परवानीपुर गाउँपालिकाको वडा नं. ५ नौतनमा निर्माण भएको रामजनकी धर्मशालाको शनिबार बिरोध गर्ने वडाध्यक्ष लगायतलाई थुनेर उदघाटन गराउनु दादागिरी भएको वडाध्यक्ष कलवारले वताएका छन ।

राजपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष साहले आफ्नै पार्टीका प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल संग धर्मशाला उदघाटन गराउन जनता माथी लाठीको बर्षात गराएको वडाध्यक्ष कलवारले अरोप लगाए ।

वीरगंजमा पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष कलवारले भने ‘धर्मशाला निर्माणमा पनि गाउँपालिका अध्यक्षले आफुलाई माइनस गरी मात्र आफ्नो पार्टीको कार्यकर्ताहरुको उपभोक्ता समिति बनाई निर्माण गर्नु भएको छ’ । उदघाटन पनि आफुलाई बाईपस गरी गर्न खोज्दा बिरोध गरे पछि मन्त्री सोनलको सहयोगमा प्रहरी संग लाठी चार्ज गर्न लगाई दादागिरी मचाएका छन’ ।

वडामा भएको विकास निर्माणको कार्यमा वडाध्यक्षलाई लगायत वडामा निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई वाईपास गर्नु कहांको न्याय हो । उनले भने ‘यसका साथै गाउँ कार्यपालिकाबाट निर्णय नै नगराई गाउँपालिका अध्यक्ष ज्यूले मनपरी एकलौटी गर्नु भएको छ, मेरो मानहानी समेत भएको छ, म कानुनी कर्वाही तर्फ लाग्छु’ ।

तत्कालिन संघीय समाजवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष कलबार सहितको स्थानियहरुले धर्मशाला निर्माणमा अनियमितता भएको भन्दै विरोध गरे पछि प्रहरीले बल प्रयोग गरेको थियो । विरोध गर्ने क्रममा वडाध्यक्ष सहित ७ जनालाई प्रहरीले पक्राउ समेत गरेको थियो ।

वडाअध्यक्ष कलबार सहित स्थानिय बिबेक गुप्ता, हरिशंकर गुप्ता, रुपेस गुप्ता, प्रविन गुप्ता, वृजेश साहलाई प्रहरीले पक्राउ गरेको थियो । धर्मशाला उदघाटन  कार्यक्रम सम्पन्न पश्चात फेरी सबैलाई प्रहरीले छाडेको थियो ।

६२ लाखको लागतका गाउँपालिकाले धर्मशाला निर्माण गरेको हो । धर्मशाला निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा समेत परेको छ । मुद्दा छिनोफानो नभए सम्म वडाध्यक्ष सहतिको स्थानीयले उद्घाटन गर्न नदिने अडान राखेका थिए ।

नेपाल पत्रकार महासंघ पर्सामा भवनमा भएको पत्रकार सम्मेलनमा समाजवादी पार्टी बाराका अध्यक्ष अजय कुमार पटेल, जिल्ला सदस्य आनन्द कुमार यादव, वडा सदस्य कलिया कुमारी देवी, फुलमती राम, महेश प्रसाद, निर्मल प्रसाद कुर्मीको समेत सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...