Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

राजेश सहनीलाई पर्सा प्रहरीले नै पक्राउ गरेको पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले पकहा मैनपुर गाउँपालिका वडा नं. २ सुर्जाहाका राजेश सहनीलाई पक्राउ गरेको छ । भारतीय प्रहरीले शुक्रबार वीरगंजबाट सहनीलाई पक्राउ गरेर लगेको समाचार सार्वजनिक भए पनि नेपाल प्रहरीले नै प्रकाउ गरेको पुष्टि भएको छ ।

वीरगंजको घण्टाघरबाट शुक्रबार सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्ष सोमेन्द्र सिंह राठौरले पुष्टि गरेका छन । पुरानो मुद्दामा अनुसन्धानको लागि सहनीलाई प्रकाउ गरिएको प्रहरी उपरिक्षक राठौरले वताए ।

पुरानो कुन मुद्दामा पक्राउ गर्नु भएको भनेर प्रहरी उपरिक्षक राठौर संग बुझदा उनले भने ‘अहिले हामी अनुसन्धानमा छौं भन्न मिल्दैन, अनुसन्धान पुरा भए पछि हामी वताउछौं’ ।

रक्सौलबाट वीरगंज तर्फ आईरहेका ना ४६ प ७६६६ को कालो स्पेलेण्डर मोटरसाईकलमा सवार सहनीलाई सेतो रंगको स्कर्पियो गाडीमा शुक्रबार साझ पांच बजे वीरगन्जको श्रीराम हल नजिकबाट चढाएर केही व्यक्तिहरुले लगेको प्रत्यक्षदर्शीहरुले वताएको सामाचार सार्वजनि भएको थियो ।

यता सहनीको नाउँ बेलाबखत जालीनोटको कारोबारमा संलग्न रहेको आरोप लागे पनि सो मुद्दा सुलझिसकेको वताएको छ । प्रहरीले गलत तरिकाले सहनीलाई फसाउने नियतले पक्राउ गरेको उनको आफन्तजनले आरोप समेत लगाएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...