Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

राजेश सहनीलाई पर्सा प्रहरीले नै पक्राउ गरेको पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले पकहा मैनपुर गाउँपालिका वडा नं. २ सुर्जाहाका राजेश सहनीलाई पक्राउ गरेको छ । भारतीय प्रहरीले शुक्रबार वीरगंजबाट सहनीलाई पक्राउ गरेर लगेको समाचार सार्वजनिक भए पनि नेपाल प्रहरीले नै प्रकाउ गरेको पुष्टि भएको छ ।

वीरगंजको घण्टाघरबाट शुक्रबार सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्ष सोमेन्द्र सिंह राठौरले पुष्टि गरेका छन । पुरानो मुद्दामा अनुसन्धानको लागि सहनीलाई प्रकाउ गरिएको प्रहरी उपरिक्षक राठौरले वताए ।

पुरानो कुन मुद्दामा पक्राउ गर्नु भएको भनेर प्रहरी उपरिक्षक राठौर संग बुझदा उनले भने ‘अहिले हामी अनुसन्धानमा छौं भन्न मिल्दैन, अनुसन्धान पुरा भए पछि हामी वताउछौं’ ।

रक्सौलबाट वीरगंज तर्फ आईरहेका ना ४६ प ७६६६ को कालो स्पेलेण्डर मोटरसाईकलमा सवार सहनीलाई सेतो रंगको स्कर्पियो गाडीमा शुक्रबार साझ पांच बजे वीरगन्जको श्रीराम हल नजिकबाट चढाएर केही व्यक्तिहरुले लगेको प्रत्यक्षदर्शीहरुले वताएको सामाचार सार्वजनि भएको थियो ।

यता सहनीको नाउँ बेलाबखत जालीनोटको कारोबारमा संलग्न रहेको आरोप लागे पनि सो मुद्दा सुलझिसकेको वताएको छ । प्रहरीले गलत तरिकाले सहनीलाई फसाउने नियतले पक्राउ गरेको उनको आफन्तजनले आरोप समेत लगाएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...