Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

विद्यालय बन्द भए पनि पढाई सुचारु

spot_img
spot_img

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिकाको वडा नम्बर ५ गदियानी पोखरियाको श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय बन्द भए पनि अध्ययन अध्ययापन सुचारु रहेको छ ।

बिधालय बन्द हुदा पनि बिधालयमा बिधार्थीहरु प्रत्येक दिन अध्ययन अध्यापन गर्ने गरेको सोही वडाका वडा सदस्य महेन्द्र रामले बताएका छन । बिधालयमा १ महिनाको बिदा भएता पनि गाउँका अगुवाहरुले एक जना शिक्षकलाई आग्रह गरी बिधार्थीहरुलाई पढाउन जिम्मेवारी दिए पछि बिधार्थीहरु सोही बिधालयमा पढने गरेका हुन ।

बिधालयमा बिदा भए पछि पढाई बिग्रने डरले अभिभावकहरु अधिकांशत बिधार्थीहरुलाई बिधालयमा पुर्याउने गरेको हो । बिदाको समयमा अभिभावकहरु पनि सोही बिधालयमा जम्मा भई हेरबिचार गर्ने गरेको र बिधार्थीहरु पढने गरेको अभिभावक मंजुर राउत गदीले बताए ।

सोही गाउँका एक जना शिक्षक अर्काे बिधालयमा पढाउने गरेको तर बिदाको समयमा आफनै गाउँको बिधालयमा १ महिना पढाउने गरेको बताएका छन । शिक्षक ध्रुव ठाकुरका अनुसार ६० जना बिधार्थीलाई एउटै कक्षा कोठामा राख्न समस्या भए पनि बिदाको दिनका कारण उनिहरुको पढाई नबिग्रोस भने उदेश्य र सेवा गर्ने उदेश्य राखी पढाउने गरिएको छ ।

पर्सा जिल्लामा कक्षा १ देखी ५ सम्मका बिधार्थीहरुलाई १ महिना सम्म जम्मा गरी पढाउनु एक मात्र विद्यालय रहेको र यो अनुभन सबै वडामा लागु होस भने भनाई सो गाउँका पुर्ब बिधालय ब्यवस्थापन समितीका अध्यक्ष रम्भु चौरसियाले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...