Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

एउटै भवनमा ४ वटा कार्यालय संचालन हुदा समस्या

spot_img
spot_img

वीरगन्ज । पर्साको पकहामैनपुर गाउँपालिकाको वडा नम्बर ५ को वडा कार्यालयको भवनमा चार वटा कार्यालहरु संचालन हुदा समस्या भएको छ ।

सबैठवा स्थित रहेको वडा कार्यालयको भवनमा ४ वटा कार्यालय संचालन हुदा सेवाग्राहीहरु मर्कामा परेका छन । वडा कार्यालयमा एउटै भवनमा चार/चार वटा कार्यालय संचालन हुदा सेवाग्राहीहरुलाई सेवा लिन समस्या भएको हो ।

३ वटा कोठा मात्र रहेको वडा कार्यालयको भवनमा चार वटा कार्यालयहरु संचालन हुदा सेवाग्रहीहरुलाई समस्या भएको स्थानियवासीहरुले बताएका छन । वडा कार्यालयको भवनमा वडा कार्यालय सहित बिधुत उपभोग्ता समितीको कार्यालय, मेलमिलाप केन्द्र र प्रहरी चौकी सबैठवा संचालन हुदै आएको छ ।

बाढीले गर्दा सोही वडा कार्यालयको भवनमा प्रहरी चौकी पनि सारिए पछि थप कार्यालयहरु संचालनमा थप कठिनाई भएको स्थानियहरु बताउन्छन् । एउटै कोठामा बिधुत उपभोग्ता समिती र प्रहरीचौकीका जवानहरुको बसाईले गर्दा बिधुतको महसुल बुझाउन गएका उपभोग्ताहरु बढी समस्या भोग्दै आएको स्थानिय मनोज चौरसियाले बताए ।

वडा कार्यालयमा सेवा लिन जादा पनि भीडभाडले काममा बाधा हुने गरेको स्थानियवासीहरुको गुनासो छ । गाउँपालिकाको कार्यालयले वडा कार्यालयको समस्यालाई बुझी दिनका लागी स्थानियवासीहरु आग्रह गरेका छन ।

सम्मपुर्ण कामकाज अब वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गएका कारण उपभोग्ताहरुको समस्यालाई ध्यान दिन आवश्यक रहेको सबैठवाका बुद्धिजीवीहरुले बताएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...