Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

आवश्यक परे विरगंज अनिश्चितकालिन बन्द गर्ने सांसद यादवकाे प्रतिबद्धता

spot_img
spot_img

काठमाडौं । राजधानी स्थित तमुबौद्ध सेवा समितिमा तराई मधेश राष्ट्रिय परिषद्को सहकार्यमा आरक्षण बचाऔं आन्दोलन मधेशी समन्वय समिति द्वारा आयोजित ‘सांसद-नागरिक समाज अन्तर संवाद’ कार्यक्रममा राजपाका अध्यक्ष मण्डलको संयोजक राजकिशोर यादवले आरक्षण बचाऔं आन्दोलन द्वारा घोषित अगामी सम्पूर्ण आन्दोलनको कार्यक्रमहरुमा पूर्ण समर्थन जनाउदै आफ्नो पार्टीको सम्पूर्ण भातृ संगठनहरुलाई परिचालन गर्ने बताउनु भएको छ ।

त्यस्तै समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले आरक्षणको मुद्धालाई संसदमा जोरदार रुपले उठाइने र पार्टीको प्रतिनिधिको रुपमा उपस्थित डा. शिवजी यादवले आन्दोलनलाई सशक्त बनाउन पार्टीबाट औपचारिक निर्णय गराइने बताउनु भयो।

यसै गरि समाजवादी पार्टीका नेता एवं सांंसद प्रदिप यादवले आरक्षण बचाउ आन्दोलनमा आफु स्वस्फुर्त रुपले लाग्ने र आवश्यक परे विरगंज पूर्णरुपले अनिश्चितकालिन बन्द गर्ने प्रतिबद्धता जाहिर गर्नु भयो ।

नेपाली कांग्रेस सांसद नमिता चौधरीले पनि आफ्नो पार्टीबाट आन्दोलनलाई सशक्त रुपले सघाउन प्रतिबद्धता जाहिर गर्नु भयो । कार्यक्रममा राजपा सांसद चन्द्र नारायण चौधरी, प्रदेश सभा सदस्य विक्की यादव लगायतको उपस्थिति थियो।

उक्त कार्यक्रममा उपस्थित पुर्व राजदुत विजयकान्त कर्ण, गोरखापत्रका पुर्व प्रधान सम्पादक सिताराम अग्रहरी, प्राध्यापक बिनोद यादव, डा. अशोक महासेठ, व्यस्य युवा समाजका केन्द्रिय अध्यक्ष दिलिप साह, ई. सुभास साह, दलित गैरसरकारी संस्था महासंघ तथा आरक्षण बचाऔं आन्दोलनका मुलसमिति सदस्य भक्त विश्वकर्मा, महिला नेत्रि सुनिता रौनियार लगायत दर्जनो सहभागीले जोरदार रुपमा राजनीतिक दल तथा सांसदहरू आ-आफ्नो ठाउँबाट यस आन्दोलनमा लाग्न कडा शब्दमा आह्वान गरेका थिए साथै आफुले पनि यो आन्दोलनमा सम्पूर्णरुपले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।

कार्यक्रम आरक्षण बचाऔं आन्दोलन मधेशी समन्वय समितिका सदस्य राजकुमार चौधरीको अध्यक्षतामा र टिएमएनसीका सदस्य अधिवक्ता विकास ठाकुरको संचालनमा सम्पन्न भएको थियो। कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै आन्दोलनको विषयमा परिषद सदस्य कासिन्द्र यादवले विषय प्रवेश गराएका थिए।

परिषद्का सदस्य एवंम आरक्षण बचाऔं आन्दोलन परिचालन समिति सदस्य सामाजिक अभियन्ता सरोज रायले आरक्षण बचाऔं आन्दोलन मूल समिति द्वारा निर्णय गरिएको आन्दोलनको आगामी कार्यक्रम वारे जानकारी दिए

आन्दोलनको कार्यक्रमः (२०७६ साउन १६ गतेदेखि ३२ गतेसम्म)

१. मिडिया हाउस र पत्रकारसँग आन्दोलनबारे भेटघाट र अन्तरक्रियाः २०७६ साउन १७–१९ गते

२. आरक्षण बचाऔँ आन्दोलनसँग सम्बन्धित आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता, पिछडिएको क्षेत्रका संगठनहरू, पहिचानमा आधारित राजनीतिक दलहरू र दलहरू भित्रका सम्बन्धित जातीय, क्षेत्रीय मोर्चा÷घटकहरूलाई समेट्ने गरी देशैभरका प्रदेश, जिल्ला र स्थानीय तहहरूमा आरक्षण बचाऔँ आन्दोलनको साझा संयन्त्र बनाउने र आन्दोलनबारे अन्तरक्रिया र विचार गोष्ठीगर्ने गराउने: २०७६ साउन २०–२३ गते

३. संघ र प्रदेशका संसदहरू, राजनीतिक नेताहरू, नागरिक समाज, मानवअधिकार र बहिष्कृत–सीमान्तकृत समुदायका नेता अभियन्ताहरूसहित बहुसरोकारवाला प्रदेश स्तरीय अन्तरक्रिया र विचार गोष्ठीः २०७६ साउन २०–२३ गते

४. देशैभर मुखमा कालो पट्टी बाँधेर कालो झण्डासहित मौन जुलुसः २०७६ साउन २१ गते दिउँसो ४:०० बजे

५. ‘समानुपातिक समावेशीता’को प्रतिगमनको विरुद्धमा देशैभर उल्टो हिड्ने जुलुसः २०७६ साउन २२ गते दिउँसो ४:०० बजे

६. देशैभर आदिवासीको सांस्कृतिक झाँकी र परम्परागत हातहतियारहरू सांकेतिक रुपमा प्रदर्शनसहित २५औँ विश्व आदिवासी दिवसलाई आन्दोलनको रुपमा मनाउनेः २०७६ साउन २४ गते

७. सिंहदरबार, प्रदेश मुख्यमन्त्री कार्यालयहरू, लोक सेवा कार्यालयहरूमा धर्ना र घेराऊः २०७६ साउन २६ गते

८. प्रधानमन्त्री निवास बालुवाटार, प्रदेश मुख्यमन्त्री निवासहरूमा धर्नाः २०७६ साउन २८–२९ गते

९. लाठ्ठी जुलुस सहितको मार्च पास जुलुससहित जनसभा वा जनप्रदर्शनः २०७६ साउन ३२ गते

१०.संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरित प्रकाशित लोक सेवा आयोगको असमावेशी विज्ञापनमा आधारित परीक्षा सञ्चालन भइरहेको प्रदेश, जिल्लाहरूमा परीक्षाको मितिमा परिस्थितिअनुरुप बन्द वा परीक्षा विथोल्ने कार्यक्रम यथावत।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

वीरगंज । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २०८३ साल असार महिनाका लागि प्रहरी निरीक्षक जटाशंकर यादवलाई ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको...

आँपको बगैचामा लुकाएर राखिएको अवस्थामा छिपहरमाईबाट १४० किलो गाँजा बरामद

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित एक आँपको बगैचाबाट प्रहरीले १४० किलो लागूऔषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको १०औँ पद हस्तान्तरण सम्पन्न, नयाँ नेतृत्वलाई जिम्मेवारी

वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको रोटरी वर्ष २०२६–२७ का लागि १०औँ पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ। क्लबका...