Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

अनियमितताको बिरोध गर्दै पोखरिया नपामा वडाध्यक्षले नै लगाए ताला

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिकामा जनप्रतिनिधिले नै ताला लगाएका छन । नगरपालिकामा भएको अनियमितताको विरोधमा शुक्रबार वडा नं. १ का वडाध्यक्ष बंका राउत कुर्मीले नगर कार्यपालिका कार्यालयको योजना शाखामा ताला लगाएका हुन ।

गत आर्थिक बर्ष २०७५/०७६ मा वडामा भएको विकास निर्माणको कामको अनुगमनमा पनि आफुलाई सहभागि नगराई कमिशनको आधारमा मात्र निकासा दिएकोले ताला लगाएको वडाध्यक्ष कुर्मीले वताए ।

वडाध्यक्ष कुर्मीले नगर प्रमुख दिपनारायण रौनियार (मन्टु) र प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद रेग्मीले कामको अनुगमन बिना नै उपभोक्ता समिति संग कमिशन लिई निकास दिएको आरोप लगाए । वडामा भएको नाला निर्माण, बाटो ढलान, माटो पुरी ग्रेबल, विद्यालयको भवन निर्माण लगायतको योजनाको अनुगमनमा आफुलाई सहभागि नै नगराई कमिशनको आधारमा मात्र निकाशा दिएको उनको आरोप छ ।

संसदिय विकास कोष तथा नगरपालिकाको योजना अन्तर्गत भएको रु ४५ लाख बराबरको योजनाको निकास कमिशन कै आधारमा भएको उनको आरोप थियो । योजना सम्पन्न भएको वडाको पत्र विना नै निकास भएको आफुले थाह पाए पछि योजना शाखाका प्रमुख संजय पाण्डे संग बुझदा आफुलाई पनि केही थाह नभएको वताए पछि बाध्य भएर ताला लगाउनु परेको उनले वताए ।

नगरपालिका नियम विपरित मनोपरि ढंगले चलेको आरोप लगाउदै कुर्मीले नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले मात्र मनपरी ढंगले नगरपालिका चलाएको आरोप लगाए । आफुहरु वडामा जनताको गाली खानु पर्ने र पइसाको अधारमा योजना सम्पन्न विना नै निकास भएकोले आफु बाध्य भएर अनियमितताको विरोध गरेको उनले जानकारी गराए ।

वडाध्यक्ष कुर्मीले नगर प्रमुख मन्टुले १५ जनाल जति आफ्नो आसेपासे र कार्यकर्तालाई नगरपालिकामा नियुक्ति गरी यस्तै तलब खुवाई रहेको वताए । उनले भने ‘आफुहरु वडा कार्यालय आफै सफा गर्नु परेको छ, पानी खानु पर्यो भने आफै ल्याएर खानु परेको छ तर प्रमुख ज्युले एक दर्जन भन्दा बढी आफ्नो कार्यकर्ताहरुलाई नियुक्ति गरी नगरपालिकामा बसाएर तलब खुवाई राख्नु भएको छ’ ।

नगरपालिकाले विभिन्न पदमा विज्ञापन गरे पनि कर्मचारी नियुक्ति प्रक्रिया अगाडी नबढाई प्रमुख मन्टुले कार्यकर्ता पालिरहेको उनको आरोप छ । बाध्य भएर आफुले नगरपालिकाको व्यथितीको बिरोध गरेको र सुधार नभए सम्म ताला नखोल्ने उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...