Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

महुवनमा प्लस २ संचालन भयो तर भेडिहारीमा भएन

spot_img
spot_img

वीरगंज । पर्साको सखुवापरसौनी गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय महुवनमा कक्षा ११ शुभारम्भ भएको छ । सो गाउँपालिका र आसपासका विद्यार्थीहरूले आफ्नो घरैबाट १२ कक्षासम्मको शिक्षा हासिल गर्न सकून् भन्ने उद्देश्यले प्लस २ सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले वताए ।

विद्यालयका प्रधानाध्यापक रामदेवप्रसाद कुर्मीको अध्यक्षतामा बुधबार भएको एक समारोहको बिच कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद मन्जुर अन्सारीले रिबन काटेर कक्षाको औपचारिक सुभारम्भ गरे । गाउँका भद्रभलादमीहरुको सहयोग र गाउँपालिका अध्यक्ष प्रदिप जयसवालको सक्रियतामा महुवनमा प्लस २ संचालन भएको स्थानियहरुले वताएका छन ।

तर कालिकामाई गाउँपालिकाको वडा नं. २ भेडिहारी स्थित रहेको श्री सुकई साह माध्यमिक विद्यालयमा अझै प्लस २ संचालन हुन सकेको छैन । विद्यालयलाई १० प्लस २ बनाउन एक बर्ष पहिला देखी नै मांग हुदै आए पनि अझै सम्म हुन नसकेको हो ।

विद्यालयलाई प्लस २ बनाउन स्थानिय गैर सरकारी संस्था ब्रिलिएन्ट युवा क्लबको अगुवाईमा ज्ञापन पत्र, अन्तरक्रिया, धर्ना, हस्ताक्षर अभियान जस्ता थुप्रै दबाव मुलक कार्यक्रम भए पनि जनप्रतिनिधिरुले सक्रियता नदेखाएका कारण हुन नसकेको गाउँवासीको गुनासो छ । भेडिहारी कै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष भए पनि प्लस २ संचालन नहुनुले गाउँवासी निराश भएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...