Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

महुवनमा प्लस २ संचालन भयो तर भेडिहारीमा भएन

spot_img
spot_img

वीरगंज । पर्साको सखुवापरसौनी गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय महुवनमा कक्षा ११ शुभारम्भ भएको छ । सो गाउँपालिका र आसपासका विद्यार्थीहरूले आफ्नो घरैबाट १२ कक्षासम्मको शिक्षा हासिल गर्न सकून् भन्ने उद्देश्यले प्लस २ सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले वताए ।

विद्यालयका प्रधानाध्यापक रामदेवप्रसाद कुर्मीको अध्यक्षतामा बुधबार भएको एक समारोहको बिच कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद मन्जुर अन्सारीले रिबन काटेर कक्षाको औपचारिक सुभारम्भ गरे । गाउँका भद्रभलादमीहरुको सहयोग र गाउँपालिका अध्यक्ष प्रदिप जयसवालको सक्रियतामा महुवनमा प्लस २ संचालन भएको स्थानियहरुले वताएका छन ।

तर कालिकामाई गाउँपालिकाको वडा नं. २ भेडिहारी स्थित रहेको श्री सुकई साह माध्यमिक विद्यालयमा अझै प्लस २ संचालन हुन सकेको छैन । विद्यालयलाई १० प्लस २ बनाउन एक बर्ष पहिला देखी नै मांग हुदै आए पनि अझै सम्म हुन नसकेको हो ।

विद्यालयलाई प्लस २ बनाउन स्थानिय गैर सरकारी संस्था ब्रिलिएन्ट युवा क्लबको अगुवाईमा ज्ञापन पत्र, अन्तरक्रिया, धर्ना, हस्ताक्षर अभियान जस्ता थुप्रै दबाव मुलक कार्यक्रम भए पनि जनप्रतिनिधिरुले सक्रियता नदेखाएका कारण हुन नसकेको गाउँवासीको गुनासो छ । भेडिहारी कै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष भए पनि प्लस २ संचालन नहुनुले गाउँवासी निराश भएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...