Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

आरक्षण बचाउ आन्दोलनरत संग यथासिग्रह वार्ता नगरे देशमा गृहयुद्ध हुनसक्छ : सांसद यादव

spot_img
spot_img

काठमाडौँ । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले संघीय सरकारले निकालेको लोकसेवा आयोगको विज्ञापन संघीयता विरोधी रहेक बताएका छन् । मंगलबार बसेको संसद बैठकको विशेष समयमा बोल्दै सांसद यादवले लोकसेवा आयोगको विज्ञापन संघीयता तथा समावेसिताको मर्म र भावना विपरित रहेको बताएका हुन् ।

सांसद यादवले लोकसेवा आयोगको विज्ञापन विरुद्ध आफुहरुले पटक-पटक सदन देखि सडक सम्म संघर्ष गरे पनी सरकारले बेवास्ता गरेको आरोप लगाए । ‘स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धि लोकसेवा आयोगले संघीयता तथा समावेसिताको मर्म र भावना विपरित निकालेको विज्ञापान विरुद्धमा पटक-पटक संसद देखि सडक सम्म अवाज उठे पनी सरकारले बेवास्ता गरेको छ’, सांसद यादवले भने, साथै ‘सडकमा लोकसेवा विज्ञापन विरुद्ध शान्तिपूर्ण आन्दोलनमा प्रहरी लगाएर दमन गर्ने कार्य भएको छ ।’

सांसद यादवले देशमा आएको लोकतन्त्र र संघीयतामा सबै जाती र समुदायका व्यक्तिहरुको सम्मान योगदान भएतापनी केहि व्यक्ति विशेषले यसलाई आफुखुसि दुरुपयोग गरिरहेको बताउदै संघीयता के का लागि आएको भनेर प्रश्न समेत गरे । उनले अहिले पनी निजामति सेवामा मधेसी, जनजातीलगयात अन्य उतपिडित समुदायको पहुँच नभएर केही जातीको मात्र बर्चस्व कायम रहेको आरोप लगाए ।

सभामुख कृष्ण बहादुर महराको ध्यानाकर्षण गराउदै सांसद यादवले ‘अहिले तथ्याङ्क हर्ने हो भने, मधेसी, जनजाती, मुल्सिम, दलितको अवस्था उस्तै छ, मधेसी र जनजाती मिलाएर निजामति सेवामा केवल ४ देखि साढे ४ प्रतिसतको मात्र उपस्थिति रहेको , ‘तर अहिले आएर लोकसेवाले विभेदपूर्ण विज्ञापन गरेको छ यो पूर्णरुपले संघीयता र लोकतन्त्रलाई सम्पात पार्दै अधिनायकवाद ल्याउने षडयन्त्र भईरहेको आरोप लगाए ।’

उनले देशमा अहिले पनी सामाजिक न्यायको लडाई जारि रहेको बताउदै मधेसी, जनजाती, मुस्लिम, दलितलगयात समुदायलाई सम्मान अधिकार नपाए सम्म आफ्नो संघर्ष जारी रहने भन्दै सांसद प्रदिप यादवले सभामुख समक्ष कुरा राख्दै लोकसेवा विज्ञापन विरुद्ध आरक्षण बचाउ संघर्ष समितीले गरिरहेको आन्दोलनरत पक्ष संग वार्ता गरेर यथासिग्ह्र सरकारले समस्याको समाधान नगरे देशमा गृहयुद्ध हुनसक्ने चेतावनी दिनु भयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...