Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

धोबिनी गापाको लंगडी खुल्ला दिसामुक्त घोषणा

spot_img
spot_img

वीरगंज । पर्साको साविक गाविस लंगडी हालको धोबिनी गाउँपालिका वडा नं. ४ आइतबार एक कार्यक्रमको बिच खुल्ला दिसामुक्त घोषणा भएको छ ।

वडा स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं वडाध्यक्ष मजिद मियाँको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीले खुल्ला वडालाई खुल्ला दिसामुक्त घोषणा गर्नु भयो ।

घोषणा सभामा वोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गाउँपालिका अध्यक्ष कुर्मीले अब बाकी रहेको एउटा वडा पनि चाँडै खुल्ला दिसामुक्त घोषणा गरिने वताउनु भयो ।

खुल्ला दिसामुक्त घोषणा सभामा गाउँपालिका उपाध्यक्ष पारस कुर्मी, युनिसेफ क्षेत्रिय कार्यालय जनकपुरका खानेपानी तथा सरसफाई अधिकृत अन्पूर्ण मिश्रा, जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति पर्साका सचिव जक्की अहमद अन्सारी, प्रमुख प्रशासकिय अधिकृत सुरेश साह, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का लगायतकाले मन्तव्य राख्दै खुल्ला दिसामुक्त घोषणाले मात्र नहुन भन्दै व्यहारमा लागु गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा खुल्ला दिसामुक्त अभियानमा सहयोग गर्नेलाई सम्मान समेत गरिएको गाउँपालिकाका लेखापाल मन्दिप महतोले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...