Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

अदालत प्रति आमजनताको विश्वास घटदै : सांसद यादव

spot_img
spot_img

काठमांडौ । पर्सा क्षेत्र १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादवले जन्मसिद्ध नागरिकको सन्तानलाई छिटो कानून बनाएर नागरिकता प्रदान गर्न माँग गर्नु भएको छ । आईतबार सँसदको बैठकको बिशेष समयमा बोल्दै यादवले जन्मसिद्ध नागरिकका सन्तानलाइ कानून नबनुञ्जेल नागरिकता वितरण गर्ने बाटो खोलिदिनु पर्ने कुरामा जोडदिनु भएको थियो ।

यादवले संविधानले सबै नागरिकलाई समान दृष्टिकोणले हेर्नु पर्ने भावना विपरित आफ्नै देशको नागरिकलाई भेदभाव गरेको आरोप लगाउनुभयो । उनले नागरिकता नदिनु आफैमा संविधान र कानूनको उलंघन भएको साँँसद यादवको भनाई थियो ।

सांसदमा बोल्दै यादवले सर्वोच्च अदालतबाट जारी हुने आदेशमा एक?पता नहुनु, एउटै रिटमा बेन्चै पिछे फरक फरक आदेश जारी हुनुले जनताको अदालतप्रतिको विश्वासमा कस्तो असर पर्छ भनेर प्रश्न गर्नुभयो ? साँसद यादवले नागरिकता बिना नागरिकले राज्यबाट प्रदान गरिने सेवा, सुविधाबाट बञ्चीत हुनुका साथै राष्ट्रियता नै हराएको आभास गराउने बताउदै ‘प्रक्रिया पुरा गरी राज्यले नागरिकलाई नागरिकता प्रदान गर्नु राज्यको दायित्व भएको जिकिर गर्नु भएको थियो’ ।

नागरिकता जस्तो संवेदनशील विषयमा कानून बनाउन ढिलो गर्नु र कानून नबनूञ्जेल सरकारले परिपत्र जारी गर्दा समेत त्यसलाई पटक पटक रोक्ने गरी आदेशले नागरिकता बिहिन नागरिकलाई राज्यबाट कति हदसम्म पीडा दिइएको तथा उपेक्षा गरिएको भन्ने कुरा स्पष्ट भएको भन्दै साँसद यादवले सभामुख कृष्ण बहादुर महराको ध्यानाकर्षण समेत गराएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...