Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

मेयर सरावगीको लापरवाहीले नेपालको झन्डाको अपमान

spot_img
spot_img

वीरगन्ज : नेपाल भारत मुल प्रवेशद्वार वीरगन्ज भन्सार स्थित शंकराचार्य गेटलाई बडो तामझामको साथ सौन्दर्यीकरण गरिएको थियो ।

भारतबाट नेपाल आउने पर्यटकहरुमा सकारात्मक सन्देश जाओस् भन्ने उद्देश्यका साथ  शंकराचार्य गेटलाई सौन्दर्यीकरण गरिएको थियो र त्यसको नाम दिइएको थियो ‘सेल्फी स्थल’ ।

दिनहुँ उक्त सडकबाट हिँड्ने ठूलठूला सवारी साधनले विग्रको सडक भएको कारण उड्ने गरेको धुँलोले गर्दा सेल्फी स्थल त कुरै छाडौं, त्यहाँ ५ मिनेट कुर्न पनि मान्दैनन् । सौन्दर्यीकरणको बखत वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषाल लगायत विभिन्न राजनीतिक दलका नेता, समाजसेवी लगायतका व्यक्तित्वहरुको सहभागितामा रिबन काटेर उद्घाटन गरेका थिए ।

तामक्रम तथा समय देखाउने ठूलो एल.ई.डि. बोर्ड पनि लगाइयो र त्यही स्थानमा नेपालको ठूलो झण्डा पनि ठड्याइयो । नेपाल प्रवेश गर्दा नेपालको झण्डा देखिनु कुनै नराम्रो कुरा होइन, तर त्यसको संरक्षण हुन पनि उत्तिकै आवश्यक छ ।

विरुवा रोप्नु ठूलो कुरा होइन्, त्यसलाई उमार्नु, हुर्काउनु ठूलो हो । जुन वीरगन्ज महानगरपालिकाले बुझ्न सकेन, जसको परिणाम त्यहाँ लगाइएको नेपालको झण्डा जथाभावी फालिएको अवस्थामा भेटिन्छ ।

नेपालको झण्डा भनेको प्रत्येक नेपाली नागरिकको मुटु हो र त्यसलाई जथाभावी फालेमा एउटा सच्चा नेपाली नागरिकलाई सहाय हुँदैन तर वीरगन्ज महानरपालिका जस्तो सरकारकै एउटा अँग (स्थानीय तह) ले वास्ता नगरेको देखेर वीरगन्ज महानगरपालिकालाई नेपालप्रति कतिको चिन्ता छ भनेर छर्लड्डै देखिन्छ ।

त्यहाँ फेरि दिनहुँ नेपाली नागरिक आवत जावत गर्नुको साथै नेपाल सरकारको सुरक्षाको अँग नेपाल प्रहरीको चेकजाँच प्वाइन्ट पनि छ । दिनहुँ नेपाल प्रहरी तथा सशस्त्र प्रहरी त्यहाँ खट्ने गरेको छ तर त्यो नेपालको झण्डालाई व्यवस्थित ठाउँमा लगेर राखिदिने भने कसैलाई फुर्सद छैन ।

वीरगन्ज महानगरपालिकाले पनि बजेट खर्च गरि सौन्दर्यीकरण त गर्यो तर त्यसको संरक्षणमा भने ध्यान पु¥याएन जसले गर्दा अहिले ति ठाउँ जस्ताको त्यस्तै छ ।

उद्घाटनको दिन रजतजयन्ती चोकदेखि शंकराचार्य गेटसम्मको सडकलाई वीरगन्ज महानगरपालिकाको पानीटंकीले सडक पखालिएको पनि थियो तर त्यो एक दिनको लागि मात्रै । त्यसपछि सडक पखाल्ने कार्यले निरन्तरता पाएन् र दिनहुँ धुलो उड्ने खाल्डा खुल्डी भएको सडक भएको कारण त्यो स्थल पुनः जस्ताको त्यस्तै बन्यो ।

दीर्घकालीन योजना तथा पूर्वाधार विनाको विकासको कुनै औचित्य हुँदैन भनेर प्रष्ट पारिदिएको छ । पार्क निर्माण गर्नु कुनै नराम्रो कुरा होइन, तर सधैं धुलोले ग्रसित क्षेत्रलाई धुलोबाट मुक्त गराएर मात्रै पार्क निर्माण गरेको भए सायद त्यसको सार्थकता हुन्थ्यो तर अहिले सधैं धुल्लामे रहने क्षेत्रमा पार्क निर्माण गरेकोले महानगरले बालुवामा पानी खन्याए जस्तो भएको छ ।

पार्क निर्माणको उद्घाटनको दिन विहानैदेखि सडकभरि पानी छरिएर सिँगारेर सफासुगर बनाइएको थियो । दोश्रो दिन पुनः धुलैधुलो र नाकै थुनेर जानुपर्ने अवस्था छ । विगत लामो समयदेखि शंकराचार्य गेटदेखि पश्चिमपट्टि छेउमै महानगरभित्र भएभरको फोहरलाई फालिन्छ ।

फोहरको साथसाथै मरेको घरपालुवा जनावर, यहाँसम्म कि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको वेवारिसे शवहरुलाई पनि त्यही लगेर फाल्ने गरेको छ महानगरले । जसले गर्दा सो क्षेत्र सधैं दुर्गन्धको शिकार बन्ने गरेको छ । फोहर तथा धुलोमय सडकलाई व्यवस्थित नै नगरी त्यही क्षेत्रमा पार्क निर्माण गर्नुको केही औचित्य रहँदैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाढी पीडितका लागि पटेर्वा सुगौली गाउँपालिकाको ५ लाख ५१ हजार सहयोग

वीरगंज । रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पटेर्वा सुगौली...

नारायणी अस्पतालबाट चाेरी भएकाे नवजात शिशु फेला, एक महिला पक्राउ

वीरगंज । नारायणी अस्पतालबाट चाेरी भएकाे नवजात शिशुलाई प्रहरीले करिब २० घण्टापछि सकुशल उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा वीरगंज महानगरपालिका–१६ निवासी...

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...