Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

रक्त संचार केन्द्रको संरचना परिवर्तन गरि विस्तार गर्नु पर्ने सुझाव

spot_img
spot_img

वीरगंज : ५३ औं रक्त संचार सेवा दिवसको अवसरमा आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र वीरगंजको आयोजनामा रक्त संचार केन्द्र वीरगंजमा भएको कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै रक्त संचार केन्द्रका प्रमुख सौरभराज पाण्डेले गर्मि मौसम रक्तको अभाव र भारत तर्फ रक्त पठाउन नसकिने रक्त संचार केन्द्रको समस्या बारे जानकारी गराएका थिए ।

त्यस पछि कार्यक्रमका सहभागिहरुले रक्त संचार केन्द्रलाई बिस्तार गर्नु पर्ने वताए । ब्लड डोनर एसोसिएसन पर्साका सचीव अरविन्द सिंहले रक्त संचार केन्द्रको संरचना परिवर्तन गरि विस्तार गर्नु पर्ने सुझाव दिए ।

समाजिकअभियान्ता प्रकाश थारुले आकस्मिक रक्तदान गर्नेहरूलाई रेडक्रसको तर्फ कमसेकम नास्ता अथवा जुसको ब्यवस्था गर्नु पर्ने वताए ।

सहभागीहरुको जिज्ञासा र प्रश्नको जवाफ दिदै रेडक्रस पर्साका कोषाध्यक्ष महन्थ यादवले रक्त सञ्चार केन्द्रको भवन बनाउनको लागि नारायणी अस्पताल संग समन्वय भएको र जग्गा उपलब्ध गराउन प्रतिबद्धता समेत जनाएको जानकारी गराए । अत्याधुनिक किसिमको भवन निर्माणको लागि नक्सा बनाउन काम भईरहेको वताए ।

रेडक्रस पर्साका कार्यवाहक सभापति मधु राणाको सभापतित्वमा भएको कार्यक्रममा रेडक्रस पर्साका मन्त्री शैलेन्द्र कुमार चौरसिया, ब्लड डोनर एसोसिएसन पर्साका अध्यक्ष सत्रुधन नेपाल लगायकाले मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन रेडक्रसका अधिकृत उदय राज शर्माले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...