Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

पर्सामा सवारी कारबाहीबाट एक वर्षमा १ करोड ६४ लाख जरिबाना संकलन

spot_img
spot_img

पर्सा – जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले गएको आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ६४ लाख रुपैयाँ जरिवाना संकलन गरेको छ ।

ट्राफिक नियम विपरित सञ्चालन गरिएका विभिन्न सवारी साधन कारवाही गर्दा १ करोड ६४ लाख ८१ हजार रुपैयाँ जरिवाना संकलन गरिएको ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७४/०७५ भन्दा झण्डै ७ लाख बढी जरिवाना संकलन भएको पनि उहाँले बताउनुभयो । त्यो आर्थिक वर्षमा १ करोड ५७ लाख ११ हजार रुपैयाँ संकलन भएको थियो ।

गएको आर्थिक वर्षमा ठूला मालवाहक ट्रकले सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन गरेको पनि तथ्यांकले देखाएको छ । त्यसपछि भने मोटरसाइकल, ट्याक्टर, टेम्पो, जीप र बस ट्राफिक नियम पालना नगर्नेमा रहेको तथ्यांकले देखाउँछ ।

एक वर्षमा १२ हजार ३ सय ४३ वटा ट्रक ट्राफिक नियम पालना नगर्दा कारबाहीमा परेका छन् । कारबाहीबाट ७७ लाख ३५ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै ४ हजार ४ सय ३९ वटा मोटरसाइकलमा गरिएकाे कारबाहीबाट ४७ लाख ४ हजार रुपैयाँ जरिवाना संकलन भएको छ । यही अवधिमा ३ हजार ४ सय ६९ ओटा टेम्पोलाई गरिएकाे कारबाहीबाट ३७ लाख ९२ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको ट्राफिक प्रहरी कार्यालय पर्साको तथ्यांकमा उल्लेख छ ।

यो एक वर्षमा ३ हजार ७ सय ३७ ट्याक्टर कारबाहीमा परेका छन् । त्यसबाट ११ लाख ६७ हजार ५ सय रुपैयाँ संकलन भएको छ । १ हजार ६ सय ३८ वटा जीप कारबाहीमा पर्दा ९ लाख ३८ हजार ५ सय राजश्व संकलन भएको छ ।

बसले सबैभन्दा कम ट्राफिक नियम उल्लंकन गरेको देखिएको छ । एक वर्षको अवधिमा जम्मा ९ सय ४३ वटा बस ट्राफिक नियम उल्लंघन गरेकोमा कारबाहीमा परेका छन् । त्यसबाट ६ लाख ७ हजार ५ सय रुपैयाँ संकलन भएको छ ।

ट्राफिक लेन विपरित सवारी सञ्चालन गर्ने, सवारी अनुमति पत्र तथा सवारी धनी पुर्जा विना सवारी सञ्चालन गर्ने, मादक पदार्थ सेवन गरेर सवारी सञ्चालन गर्ने, जथाभावि पार्किङ गर्ने जस्ता ट्राफिक नियम विपरीतका काममा ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...

१९ क्विन्टल कुखुरा र रकम लुटिएको आरोपको व्यवसायी सङ्घद्वारा खण्डन

वीरगञ्ज । पर्सामा १९ क्विन्टल बोइलर कुखुरा र ५ लाख रुपैयाँ लुटिएको भन्ने आरोप निराधार रहेको भन्दै पर्सा ग्रामीण कुखुरा व्यवसाय सङ्घले खण्डन गरेको...

शैक्षिक गुणस्तर र अनुशासनमा जोड, विद्यालय व्यवस्थापन समितिको छड्के अनुगमन

वीरगञ्ज । पकहाँमैनपुर गाउँपालिकास्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले छड्के अनुगमन गर्दै शैक्षिक गुणस्तर र विद्यार्थी अनुशासनमा विशेष जोड दिएको...