Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

दोषी माथी कर्वाही नभए सम्म कर्मचारीहरुको आन्दोलन नरोकिने

spot_img
spot_img

वीरगंज : पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत र लेखापाल माथि भएको आक्रमणको विरुद्ध जारी आन्दोलन दोषी माथी कर्वाही नभए सम्म नरोकिने भएको छ । दुरव्यहार गर्ने वडा अध्यक्ष माथि कारवाही नभए सम्म आन्दोलन नरोकिने निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरिले वताएका छ्न ।

अध्यक्ष गिरीले पर्साका प्रहरी उपरिक्षक सुमेन्द्र सिंह राठौरले भोली बिहान ११ बजे सम्मको समय सिमा दिएको बताउदै भोली बिहान ११ बजे सम्म वडा अध्यक्ष माथि कुनै कारवाही नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।

कर्मचारी माथी भएको दुव्र्यवहारको विरुद्धमा सोमबार देखि नै वीरगन्ज महानगरपालिका बाहेक सबै स्थानीय तहका कामकाज ठप्प पारी कर्मचारीहरु आन्दोलित भएका छन । बिहिबार देखि वीरगन्ज महानगरपालिकाको कामकाज पनि ठप्प पार्ने कर्मचारीहरुको तयारी छ ।

स्थानीय तहको कामकाज ठप्प हुदा सेवाग्राही मर्कामा परेका छन भने दोषी माथी कर्वाही गर्न प्रशासन उदासीन देखिएकोले कर्मचारीहरुको आन्दोलन लम्बिन सकिने संकेत देखिएको छ ।

यता पर्सा कै पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज चौधरीलाई जान मारन धमकी आएकोले स्थानिय तहका कर्मचारीहरु थप चिन्तित भएका छन । काम गर्न महावल नभए र त्रासकाे वातावरण भए काम गर्न नसकिने कर्मचारीहरुको चिन्ता छ ।

आईतवार कार्यालयबाट फर्कने क्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव र लेखापाल अकलेश सहनी माथी वडा अध्यक्ष लालबहादुर यादव लगायतको एक समुहले आक्रमण गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाढीमा हराएको आशा फेरि फर्कियो, सञ्जयले पाए नयाँ जीवन

सप्तरी । तिलाठी कोइलाडी गाउँपालिका–४ का ३२ वर्षीय सञ्जय साह अहिले घरमै आराम गरिरहेका छन्। परिवारका लागि भने उनको घर फर्किनु केवल उद्धारको घटना...

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ...

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...