Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

सखुवा प्रसौनीका प्रमुख प्रशासकिय अधिकृत र लेखापाल माथी आक्रमण

spot_img
spot_img

वीरगंज, ६ साउन ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत र लेखापाल माथी आक्रमण भएको छ । सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष लालबहादुर यादव लगायत ५/६ जनाको समुहद्वारा आफ्नै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव र लेखापाल अकलेश सहनी माथी आक्रमण गरि कुटपिट गरेका हुन ।

गाउँ कार्यपालिका कार्यालयबाट काम सकाएर फर्कने क्रममा आइतबार साझ ४ बजेको करिबमा दुबै जना माथी वडाअध्यक्ष लगायतको समुहले आक्रमण गरेको हो । नियम विपिरितको निकासाको लागि वडाध्यक्ष यादवले केही समय पहिला देखि दबाव दिदै आएको र आफुले निकास गर्न नमिल्ने बताएका कारण आफू सहित लेखापालले माथी आक्रमण भएको प्रमुख प्रशासकीय अधिकृत यादवले वताए ।

बा १५ च ६८७९ नम्बरको भाडाको गाडी सवार दुबै जना माथी सखुवा प्रसौनी २ स्थित बाटो मै वडाध्यक्ष सहितको समुहले एकासी रोकि गाडी रोकि गालिगलौज गर्दै कुटपिट गरेका हुन । आक्रमणकारी समुहको आक्रमणले दुबै जना सवार टाटासुको सिसा समेत फुटेको छ ।

प्रमुख प्रशासकिय अधिकृत यादव र लेखापाल सहनीले आक्रमण गर्ने विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी पनि दिएका छन । यता उक्त घटनाको बिरोधमा भोलि मंगलबार पर्साका सम्पुर्ण गाउँ कार्यपालिका कार्यालय बन्द रहने जनाईएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...