Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

प्रहरी हस्तक्षेपका बाहजुद पनि वीरगंजमा मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला दहन

spot_img
spot_img

वीरगंज , ३ साउन ।
संघिय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको शुक्रबार वीरगंजमा पुत्ला दहन गरिएको छ । लोक सेवाको विज्ञापनको विरोधमा वीरगंजको घण्टाघरमा प्रहरी हस्तक्षेपका बाहजुद पनि मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुतला दहन गरिएको हो ।

देशभर जस्तै पूर्व घोषीत कार्यक्रम अनुसार वीरगंजमा पनि आन्दोलनकारीहरुले प्रदर्शन गर्नुको साथै पुत्ला दहन समेत गरेका हुन । पुतला दहन गर्न खोज्दा आन्दोलनरत पक्ष र प्रहरी बिच सामान्य झडप समेत भएको थियो । आन्दोलनकारीहरुले पुतला दहन गर्ने क्रममा सरकार र आयोगको बिरोधमा चक्र्रो नाराबाजी समेत गरेका थिए ।

putala dahan 2_kalikatimes

आरक्षण बचाउ आन्दोलन नाम दिइएको आन्दोलन अन्तर्गत वीरगंजमा भएको पुत्ला दहन तथा प्रदर्शन कार्यक्रममा युवा नेता ओमप्रकाश सर्राफ, नेवि संघका बद्रीनाथ तिवारी, विकास तिवारी, सामाजवादी विद्यार्थीका निखिल बर्णवाल, सामाजिक अभियान्ता प्रकाश थारु, वीरगंज युवा समाजका कमल चौगाई, हमन्त तामाङ लगायतकाको सहभागिता रहेको थियो ।

देशभर विज्ञापनको बिरोधमा आन्दोलन भइरहदा पनि आयोगले आफ्नो निर्धारित कार्यतालिका अनुसार नै शुक्रबार देखी परिक्षा संचालन गरेको छ । बिरोधका बाहजुद पनि आयोगले हाल संचालन गरेको परिक्षा तत्काल स्थगित गरी पुन विज्ञापन संच्याएर परिक्षा संचालन गर्नु पर्ने आन्दोलनरत पक्षको मांग छ ।

birod pradrasan_kalikatimes

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...