Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

सांसद प्रदिप यादवले बाढी पीडितको लागि एक महिनाको तलब सहयोग गर्ने

spot_img
spot_img

वीरगन्ज । बाढी पीडितहरुको सहयोगका लागि आफ्नो एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने घोषणा प्रतिनिधि सभाका सदस्य प्रदीप यादवले गरेका छन् ।

बाढी पीडितहरुलाई चाहिने सहयोगमा अझ थप सहयोग प्रदान होस् भन्ने इच्छाका साथ पिडितहरुको राहत स्वरुप आफ्नो एक महिनाको तलब पर्सा जिल्ला विपद्ध व्यवस्थापन समितिको राहत कोषमा जम्मा गर्ने घोषणा सांसद यादवले गरेकाे उनका स्वकीय सचीव निखिल बर्णवालले जानकारी दिए ।

यस प्राकृतिक विपदको घडीमा सबै सहयोगी हातहरुलाई बाढी पीडितहरुका लागी आ—आफनो ठाउँहरुबाट झन् सहयोग गर्न सांंसद यादव प्रेस विज्ञप्ती जारी गर्दै आग्रह  गरेका छन् ।

आफनो धनमाल सबै गुमाई सकेका बाढी पीडितहरुलाई अहिले तत्काल राहतको आवश्यक्ता रहेकोले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पनि यथाशीघ्र राहतको व्यवस्था गर्न उनले सम्बन्धित निकायको ध्यानाकषर्ण समेत गराएका छन् ।

लगातारको अविरल वर्षाका कारण पर्सा लगायत पुरै देशमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त समेत उनले गरेका हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...