Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

बाढीले सडक नै बगाए पछि दैनिक जीवनयापन गर्न कठिनाई

spot_img
spot_img

वीरगंज,२९ असार ।
पर्साको कालिकामाई गाउपालिका वडानम्बर १ रबिदास गाउको दुबै तिर बाढीले सडक नै बगाए पछि सो गाउका स्थानियवासीहरु घरबाट निस्कन नसकेको स्थानियवासीहरु अबताएका छन ।

अस्ति शुक्रबार राती ८ बजे सिक्टा नदीको बाढीले रबिदास गाउको उतरपटि र मुडलीको दक्षिणपटि बाधिएको बाध टुटाए पछि रबिदास गाउको पुर्ब र पश्चिम तर्फको बाटो पनि बगाएर लगेको स्थानियवासीहरु बताएका छन । दुबै तिरको बाटो नै बन्द भए पछि गाउबाट बाहिर निस्कन नसकेको कालिकामाई गाउपालिका वडानम्बर १ का वडासदस्य रामाशिष यादवले बताएका छन ।

घरबाट बाहिर नआउदा घरमा रहेको दैनिक जीवनयापनको सरसमान समेत घटेको र अब दैनिक जीवनयापन गर्न कठिनाई हुदै गएको वडासदस्य यादवले बताए । वडासदस्य यादवका अनुसार अहिले सम्म गाउपालिका प्रमुख तथा उपप्रमुख कसैले पनि गाउमा आउन नसकेको र बेवास्ता गरेको गुनासो गरेका छन ।

यादवका अनुसार गाउपालिका प्रमुख सित कुरा गर्दा गाउपालिकामा आएर क्षतीपुर्तीको निवेदन दिने प्रतिक्रिया दिनु भएको बताएका छन । अहिले मेरो गाउमा कसैले कुनै किसिम्मको राहतको कुरा गर्न तथा राहत दिन नआएको यादवले गुनासो गरेका छन । यसै गरी आज सोही गाउका उमेश साह कानुका ८ बर्षीय छोरा गोबिन्द साहलाई बिधुतको करेन्ट लागे पछि घाईतेलाई उपचार गराउन बाढी पौडेर लगिएको यादवले बताएका छन ।

बिहिबार देखी घेराबन्दीमा रहेका रबिदासका सयौ स्थानियवासीहरु संग जनप्रतिनिधी, कर्मचारी तथा अन्य निकायबाट भेटन र समस्या बुझन नगएकोे पिडीत स्थानियवासीहरु आरोप लगाएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...