Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

पानीको बहाव बढे संगै त्रास पनि बढदै, खाने कुरा सकिदै घर बाहिर निस्कन सकिएन

spot_img
spot_img

वीरगंज, २८ असार ।
पर्सा लगायत देशभरी नै ४ दिन देखीको अबिरल बर्षाका कारण जनजिवन प्रभावित भएको छ । बर्षाका कारण देश भरी नै आएको बाढी–पहिरोले २२ जनाको मृत्यु, आधा दर्जन वेपता र सयौं परिवार विस्थापित भएका छन । बाढीको बढी प्रभाव प्रदेश नं. २ मा देखिएको छ । तर प्रदेश सरकार भुमिका केही देखिएको छैन ।

अविरल बर्षाका कारण आएको बाढीले पर्साको वीरगंज महानगरपालिकाको पानीटंकी, रानीघाट, श्रीपुर, राधेमाई, रामगढवा लगायत ग्रामिण भेगको आधा दर्जन भन्दा बढी गाउँ डुवानमा परेको छ । यसका साथै अधिकांश बाटोहरुमा नदी जस्तै नै पानी बग्न थाले पछि धेरै जसो ठाउँको आवागमन समेत प्रभावित भएको छ ।

श्रीसिया खोलामा आएको बाढीले वीरगंजको रानीघाट, श्रीपुर, राधेमाई, रामगढवाको सयौं घर डुवानमा परेको छ । बाढीको पानी बस्ती छिरेपछि खोला किनार वा नजिक रहेको बस्ती डुवानमा परेको हो । बस्ती नै डुवानमा परे पछि धेरै जसोले घर बाहिर निस्कन पाएका छैनन् भने घरमा रहेको खानेकुरा पनि सकन थालेको श्रीपुर निवासी मुकेश साहले वताए ।

घर बाहिर पानी नै पानी भएका कारण शुक्रबार दिउसो देखी नै घर बाहिर निस्कन नसिकिएको उलने वताए । घरमा रहेको तरकारी लगायतको खाने कुरा पनि सकेको र बाहिर निस्कन सक्ने अवस्था नरहेकोले समस्या भएको उनले जानकारी गराए । कतिपयको घरमा समेत पानी पसेका कारण अरुको घरमा बसिरहेका छन उनले वताए । यस्तै अवस्था रानीघाट, रामगढवा र राधेमाईमा पनि रहेको छ ।

यस्तै पानीटंकीको धेरै जसो घरमा पनि पानी पसेको छ । पानीटंकीको धेरै जसो घरको भुई तल्लामा पानी पसेको स्थानिय गोमा कठायतले वताईन । घरमा पनी पसेका कारण बस्न, खान पनि सिमस्या भएको छ भने अरुको घरवा कोठामा बास बस्नु परेको अवस्था रहेको छ ।

यता पसाको कालिकामाई गाउँपालिकाको वडा नं. १ को रबिदास र वडा नं. २ को सानो गदियानीमा बाढी आउन सकने गाउँवासीमा त्रास बढेको छ । सिकटा नदिको किनारमा यी गाउँ रहेकोले त्रास बढेको हाम्रा सहकर्मीले वताएका छन । यी गाउँहरुको अरु गाउँ संगको सम्पर्क समेत टुटेका कारण झन गाउँवासीहरु त्रसित भएका छन । नदीमा पानीको बहाव बढने क्रम रहेको र गाउँ नजिकै समेत पानी पुगि सकेकोले शुक्रबार राती रात भरी गाउँवासीहरु जागरम बसी रात विताएका छन ।

यस्तै पकहा मैनपुर गाउँपालिकाको वडा नं. ५ पोखरिया बासी पनि त्रसित भएका छन । सिकटा नदिको किनारमा नै पोखरिया पनि रहेकोले गाउँ बासी त्रसित भएका हुन । पोखरियाको पनि अरु गाउँ संगको सम्पर्क टुटेको छ भने गाउँ नजिकै सिकटा नदिको बांध टुटेका कारण त्रास सृजना गरेको गाउँवासीहरुले वताएका छन ।

पकहा मैनपुरको वडा नं. ५ मा रहेको प्रहरी चौकी सबैठावा डुवानमा परे पछि वडा कार्यालयमा सारिएको छ । सबैठवाको उत्तरबाट गाउँमा पानी पसन थालेको छ भने एक दर्जन भन्दा बढी घरहरु डुवानमा परेका छन ।

यता छिपहरमाई गाउँपालिकाको हाल पनि बेहाल छ । छिपहरमाई गाउँपालिकाको अधिकांश गाउँ सिकटा र ओरिया नदिको बिचमा रहेका कारण यहांका बासीहरु त्रसित भएका हुन । छिपरहमाई गाउँपालिकाको वडा नं. ५ भिस्वामा पानी पसन थाले पछि एक दर्जन भन्दा बढी घर डुवानमा परेका छन । घरहरुमा पानी पस्न थाले पछि घरमा रहेको सामानहरु समेत अरु ठाउँमा सारिएको हाम्रा सहकर्मी अलोक कुशवाहाले वताए । प्रहरी चौकी भिस्वा र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिस्वा पनि डुवानमा परेको उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...