Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

असमाबेशी विज्ञापनलाई समावेशी बनाउन नेपाल बन्द सहितको आन्दोलनको कार्यक्रम घोषणा

spot_img
spot_img

काठमाण्डौ, २६ असार ।
लोक सेवा आयोगले गरेको स्थानिय तहको कर्मचारी भर्ना प्रक्रिया नरोकिए पछि नेपाल बन्द सहितको आन्दोलन कार्यक्रम घोषणा गरिएको छ । संविधानको मुल मर्म र समावेशी सिद्धान्त विपरीत लोक सेवा आयोगले जेठ १५ गते गरेको स्थानीय तहको असमावेशी विज्ञापन र प्रक्रिया रद्द गरि तुरुन्त आरक्षण सहितको विज्ञापन प्रकाशित गर्न मांग गर्दै आन्दोलनको कार्यक्रम घोषण गरिएको आरक्षण बचाउ अभियानका अधिवक्ता आनन्द गुप्ताले वताए ।

आरक्षण बचाउ आन्दोलन अन्तर्गत असार २८ गते काठमाडौ लगायत देशको विभिन्न ठाउँमा प्रचार-प्रसार र पर्चा वितरण, २९ गते मशाल जुलुस, ३० गते सिठ्ठी जुलुश, ३१ गते काठमाडौको विभिन्न ठाउँहरुबाट जुलुस सहित माईति मण्डलामा बिशाल जनप्रदर्शन र साउन २ र १० गते नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको गुप्ताले जानकारी गराए । लोक सेवाले विज्ञान प्रक्रिया नरोके पछि आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, दलित, अपांग र पिछडिएको क्षेत्रको तर्फबाट आन्दोलनको कार्यक्रम घोषण गरिएको हो ।

यसका सथै आरक्षण बचाउ आन्दोलनले सबै स्थानिय तहलाई लोक सेवाले गरेको विज्ञान पत्र मार्फत फिर्ता लिन आग्रह गरेको छ । संसद राज्य ब्यवस्था समितिले विज्ञापन रद्द गर्न निर्देशन दिए पनि त्यसलाई व्यवस्ता गर्दै लोक सेवा आयोगले कर्मचारी भर्नाको लागि साउन ३ गते देखि परिक्षा संचालन गर्दैछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...