Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

बिन्दवासनी गाँउपालिका वडा न ४ अमरपटी खुल्ला दिशामुक्त क्षेत्र घोषणा

spot_img
spot_img

वीरगंज,२३ असार ।
पर्साको बिन्दवासनी गाँउपालिका वडा नम्बर ४ अमरपटी लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । सोमवार वडा अध्यक्ष र वडा स्तरीय खानेपानी सरसफाई स्वच्छता समन्वय समितीका अध्यक्ष अनोज कुमार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता र पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथी चौधरीले सावुन पानीले हात धोई उदघाटन गदै भने खुल्ला दिशामुक्त क्षेत्र घोषणा पश्चात पनि यसलाई निरन्तरता दिन सवै पक्षलाई आग्रह गर्नुभयो ।

घोषणा सभामा चौधरीले प्रमाण पत्र पढेर खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नुभएको थियो भने कार्यक्रममा बिन्दवासनी गाँउपालिका उपाध्यक्ष किरण देवी गुप्ताले प्रतिवद्धता पत्र पढेर सहभागिहरु संग प्रतिवद्धता गराउनुभएको थियो ।सोहि क्रममा पुर्व जिल्ला बिकाश समितीका सभापति एवं कार्यक्रमका बिशिष्ट अतिथी जनाद्र्धन सिंह क्षेत्रिले अचार संहिष्ता पढेर सुनाएका थिए भने वडा अध्यक्ष अनोज कुमार चौरसियाले अहोरात खटेर वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गराउनु भएकोमा शुभकामना समेत दिनुभएको थियो । कार्यक्रममा खुल्ला दिशामुक्त क्षेत्र घोषणाको लागि सहयोग पुरयाउने जनप्रतिनिधि,बिभिन्न संघ संस्था, कर्मचारी लगायत व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा पुर्व गाबिस अध्यक्ष शम्भु प्रसाद चौरसिया,स्वास्थ्य शाखाका सोनालाल प्रसाद चौरसिया, बासु रिमाल, समाजिक शाखा प्रमुख रामप्रवेश साह, रेडक्रस का प्रतिनिधि राजेश्वर प्रसाद चौरसिया, समाजि संस्था जिल्ला समन्वय समितीका अध्यक्ष ईब्राहिम देवान, पत्रकार छठु साह लगायतकाले धारणा राख्नुभएको थियो । कार्यक्रममा बिन्दवासनी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुजित कुमार साह, समाजसेवी बब्लु गुप्ता, लगायत स्थानियहरुको सहभागिताको रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य भिखर प्रसाद चौरसियाले गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...