Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

बेल्डिङ गर्ने क्रममा पकहा मैनपुरमा ट्रकमा आगो लाग्दा तीनजना घाइते

spot_img
spot_img

वीरगन्ज : पर्साको पकहामैनपुर गाउँपालिका- ५ सबैठवामा आइतबार दिउँसो ट्रकको इन्धन ट्याङकी बेल्डिङ गर्ने क्रममा ग्यास सिलिन्डर पडकेर आगो लाग्दा तीनजना घाइते भएका छन्। दिउँसो १ बजेको समयमा ना ३ ख ७४२२ नम्बरको ट्रकको इन्धन ट्याङकी बेल्डिङ गर्ने क्रममा ग्यास सिलिन्डर पड्किदा आगोले जलेर बेल्डिङ गर्ने पसलका साहु र दुईजना मजदुर गरी ३ जना घाइते भएका हुन्।

घाइते हुनेहरुमा सबैठवामै घर भएका बेल्डिङ गर्ने पसलका साहु जितेन्द्र कुशवाहा, बेल्डिङ गर्ने मजदुर स्थानीय १७ वर्षीय मन्तोष कुशवाहा र १६ वर्षीय निपु चौरसीया रहेका छन्।घाइतेमध्ये मन्तोष र  निपुको अवस्था गम्भीर रहेको छ।घाइते तीनैजनाको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

सिलिण्डर पड्किएर लागेको आगोले ट्रक जलेको प्रहरी चौकी सबैठवाका प्रहरी सहायक निरीक्षक भरत यादवले जानकारी दिए। घाइते कुशवाहाले  ना ३ ख ७४२२ नम्बरको ट्रकको फुटेको इन्धन ट्याङकी बेल्डिङ गर्नु पूर्व ट्याङकीमा रहेको डिजेल खाली गर्न आफूले आग्रह गर्दा पनि ट्रकका चालकले नमानेपछि बेल्डिङ गर्ने क्रममा ग्याँस सिलिण्डरमा आगो लागेर दुर्घटना भएको बताए । आगोले बेल्डिङ पसल रहेको फुसको घर पनि जलेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...