Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

वीरगंजमा स्व गिरिजा प्रसाद कोइरालाको ९५ औं जन्म जयन्ति मनाए

spot_img
spot_img

वीरगंज,१८ असार ।
वीरगंज महानगरपालिका नेपाली काँग्रेस वडा कार्य समिति ३ पर्साले स्व गिरिजा प्रसाद कोइरालाको ९५ औं जन्म जयन्ति मनाएको छ ।

लोकतान्त्रीक गणतन्त्र नेपालको प्रथम राष्ट्रअध्यक्ष,पुर्व प्रधानमन्त्री नेपाली कांग्रेसका पुर्व सभापति नेपाली राजनीतिका शिखर पुरुष स्व गिरिजा प्रसाद कोइरालाको ९५ औं जन्म जयन्तिको अवसरमा नारायणी क्षेत्रीया अस्पतालमा रहेका विरामीहरुलाई फलफुल र पानि वितरण गरी मनाईको छ ।

नपाली काँग्रेस वडा कार्य समिति ३ का सभापति शेख निजामुदिनको अध्यक्षतामा भएको कार्यक्रममा मौन धारण फलफुल वितरण र सरफाई गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि विरगंज महानगरपालिका का उपमेयर शान्ती कार्कीले आफनो मन्तव्यमा कोइरालाई ब्यक्तित्व, बिचार र राजनैतिक भूमिका देखि राष्ट्र प्रमुख सम्मको यात्राका बारेमा चर्चा गरिएको थियो ।

यस्तै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य ओम प्रकाश शर्माले भने गिरिजा बाबुको नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं शान्ति प्रक्रिया र संविधान निर्माणको सूत्रधारका रुपमा रहेको र तत्कालिन नेकपा माओबादीलाई १२ बुँदे सम्झौता मार्फत शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउन प्रमुख भुमिका खेलेका थिए ।

तर हालकोे सरकारले दुई तिहाईको दम्बमा भ्रष्टचार गरी रहेको औल्लायाए भने स्व गिरिजा प्रसाद कोइरालालाई समझिदै छौ यदी उहा भईलिएको भए देशको यो अवस्था नरहने बताए ।

कार्यक्रममा जिल्ला सदस्य र जिपी फाउन्डेशनका अध्यक्ष महमद साहबुदिन,प्रेस यूनियन पर्साका कोषअध्यक्ष ईफान अलि, प्रेस युनियन सचिव लालकिशोर सिंह,प्रकाश उपाध्याय,दिना गुप्ता,अमजद अंसारी लगायतको उपस्थिति रहेको थियो ।फलफुल वितरण कार्यक्रम नारायणी क्षेत्रीय अस्पतालका सम्पुर्ण विरामीहरुलाई उपल्बध गराईको थियो ।
यन्तीको अवसरमा फलफुल वितरण

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...