Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

विदुयुत प्राधिकरण वीरगञ्जले पैसा नतिर्ने ६ सय ग्राहकको लाइन काट्यो

spot_img
spot_img

वीरगंज : नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले चालु आर्थिक वर्षको चैतसम्ममा विद्युत महसुल नबुझाउने झण्डै ६ सय ग्राहको विद्युत लाइन काटेको छ ।

प्राधिकरणले बारा पर्साका विभिन्न ठाउँका ५ सय ९८ ग्राहकको विद्युत लाइन काटेको केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिनुभयो । काटिएकामध्ये ५ सय ९५ जनाले पुन: लाइन जडान गरेको र त्यसबाट ५ करोड १४ लाख रुपैयाँ असुल भएको पनि उहाँले जानकारी दिनुभयो ।

साथै प्राधिकरणले ८७ ग्राहकलाई कालो सूचीमा राखेर कारवाही पनि गरेको छ । पटक पटक शुल्क असुलीको ताकेता गर्दा पनि नउठेपछि लाइन काटेर कालो सूचीमा राखेर कारवाही गरिएकाे उहाँले बताउनुभयाे । ८७ ग्राहकबाट ४३ लाख महसुल असुल गरिएकाे पनि शाखा प्रमुख ठाकुरले बताउनुभयाे ।

यो बाहेक प्राधिकरण वीरगञ्ज शाखाले बिलिङ गरेको झण्डै शत प्रतिशत विद्युत महसुल संकलन भएको शाखा प्रमुख ठाकुरले जानकारी दिनुभयो । सडक बत्तीको शुल्क छाडेर बाँकी महसुल संकलन भएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षको चैतसम्ममा प्राधिकरण वीरगंज वितरण केन्द्रले २ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ विद्युत महसुल उठाएको छ ।

शाखाले २ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ विलिङ गरेको थियो । यसमा सडक बत्ति लगायत अन्य विविध जोडिएकाले बढी बिलिङ देखिएको उहाँले बताउनुभयो ।

प्राधिकरण वीरगञ्ज शाखाले चुहावट अन्त्य गर्न विभिन्न स्थानमा अनुगमनका साथै हुकिङ गरेर विद्युत चोरी गर्नेलाई कारबाहीको दायरामा पनि ल्याइरहेको शाखा प्रमुख ठाकुरले बताउनुभयो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘मेयर पदमुक्ति लोकतन्त्रमाथिको प्रहार’ : एमालेले आफ्नै मुखमा हिलो छ्याप्यो– प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले)ले लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गर्दै लोकतन्त्रलाई नै मजाक बनाएको आरोप लगाएका छन्।...

१८ वर्ष कैद सजाय पाएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला...

पर्सामा शान्ति र सद्भाव कायम राख्न प्रशासनको पहल, सर्वदलीय बैठकबाट चार निर्णय

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा शुक्रबार सम्पन्न सर्वदलीय बैठकले जिल्लामा शान्ति, सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्न चारबुँदे निर्णय गरेको छ...