Date
आइत, भदौ ७, २०८३
Sun, August 23, 2026

सांसद प्रदीप यादवमाथीकाे कारवाहीले कार्यकर्तामा असन्तोष

spot_img
spot_img

वीरगन्ज, ११ असार ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी नेपालका साँसद प्रदीप यादवलाई पार्टीबाट निलम्बित गरिएको घट्नाले सो पार्टीको आधार क्षेत्र तरंगित बनेको छ । बैशख २४ मा युरोपियन मुलुक लातभियामा भएको स्वतन्त्र तिब्बत सम्बन्धी एक कार्यक्रममा भाग लिएको आरोपमा डेढ मिहानापछि असार १० मा पार्टीले कारवाही गरेको छ । पार्टीको बिदेश नीति बिपरित साँसद यादवले उक्त कार्यक्रममा भाग लिएको आरोप पार्टीले लगाएको छ ।

मंगलवार पार्टीको केन्द्रीय पदाधिकारी बैठकले साँसद यादवलाई पार्टीको सदस्यबाट ६ महिनाको लागि निलम्बन गरेको छ । यस निलम्बनपछि उनको गृह जिल्ला पर्सा सहित वीरगन्ज क्षेत्रमा र तराइ मधेशका अन्य जिल्लामा पार्टीका नेता कार्यकर्ताले असन्तोष जनाएका छन् । साँसद यादवले निरन्तर सरकारको गलत गतिबितिप्रति सदनमा बिरोध जनाउदै आएकोमा पनि उनलाई निशाना बनाइएको भनी अथ्र्याइएको छ ।

यसअघि जेठ २ मा साँसद यादवले बुझाएको स्पस्टीकरणमा आफु लातभियामा बिभिन्न देशका साँसदहरुको छलफलमा भाग लिन भनेर पुगे पनि त्यहाँ गएपछि कार्यक्रम फरक भएको थाहा पाएर उपस्थिती नजनाएर र्फिकएको जनाएका थिए । पार्टीले यस विचमा उीहरु उपर कुनै कारवाही गरेको थिएन । डेढ महिनापछि आचानक कारवाही हुँदा चिनको काठमाडौंस्थित दुतावासको दबावमा पार्टीले यस्तो निर्णय गरेको आम बुझाई छ । कार्यकता र पार्टीका अन्य नेताहरुको तित्त भने बुझेको छैन ।

‘माननीय सान्सद प्रदीप यादव उपर कारवाहीको निर्णयप्रति पार्टीका आम कार्यकर्तामा व्यापक असन्तोष र रोष छ । पार्टीको सच्चा पहरेदार रहनु भएका लोकप्रिय नेताप्रतिको निर्णयमा देखिएको कर्याकर्ताको असन्तोष जायज पनि छ,’ पार्टीका जिल्ला नेता तबरेज अहमदले लेखेका छन्, ‘नेतृत्वपंक्तिको ध्यानाकर्षण होस ।’

त्यसतै पार्टीको विद्यार्थी संगठनको जिल्ला अध्यक्ष एजाजबाबु राँकले पार्टीको निर्णयले दुःख लागेको बताए । अन्य संगठनका अगुसवाहरु समेतको यस्तै प्रतिक्रिया छ । नेता यादवले आफु पार्टीको कार्यकर्ता भएको नाताले नेतृत्व बर्गले गरेको निर्णयप्रति टिका टिप्पणी नगर्ने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...