Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

गुप्ताको अध्क्षयतामा ११ सदसयी जिल्ला समिती निर्माण

spot_img
spot_img

वीरगंज,७ असोज ।
एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनरको प्रथम अधिबेशन सम्पन्न भएको छ ।शनिबार वीरगंज स्थित रोयल पार्टी प्यालेसमा आयोजित अबिधेशनमा ११ सदस्य गठन गरिएको छ ।
एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनर पर्साका अध्यक्ष बैजुलाल गुप्ताको सभापतित्वमा भएको प्रथम अधिवेशनमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञानकेन्द्रका प्रमुख डा.रामधरिक्षण साहको प्रमुख अथित्यता रहेको थियो ।
त्यसै गरी बिशिष्ठ अथितिमा पशु करेन्टाइन कार्यलायका प्रमुख हरेराम यादव, एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनर पर्साका सदस्य गुलाब मेहता,डा.दिनेश कुमार तिवारी,डा.मनिष मण्डल लगायत एक सय पचास सदस्यको उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक नारायण गुरुङ्गको स्वागत मन्तब्य बाट शुरु भएको अधिबेशन कार्यक्रममालाई संबोधन गर्दै प्रमुख अथिति स्थापना कालदेखि नै बुलुन्द रूपमा उठाउदै आएको भ्रष्टचार जस्तो बिषयलाई अबको नेत्रुत्वले ब्यापक रूपमा अघी बढाउन सकोस भन्दै शुभकामना दिएका थिए । कार्यक्रम संचालन अजय साहले गर्नु भएको थियो ।
शनिबार भएको बन्द सत्रमा बैजुलाल गुप्ताको अध्क्षयतामा ११ सदसयी जिल्ला समिती निर्माण भएको छ । निर्वा्चित जिल्ला पदाधिकारीहरुमा उपाध्याक्ष लाखपति चौधरी,सचिव ललन साह,कोषाध्यक्ष जय सुन्दर पाल,सह सचिव कमलेश गुप्ता,सन्देश कुमार,नरेश महतो,राम प्रसाद चौरसीया,विजय साह,अरुण पटेल,विशाल पटेल,रविन चौधरी लगाएत रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...