Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

बिन्दवासिनीमा जनप्रतिनिधि र पत्रकार विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता

spot_img
spot_img

वीरगंज, ६ असार ।
पर्सा बिन्दवासिनी गाउँपालिकामा जनप्रतिनिधि र पत्रकारहरु बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । बिन्दवासिनी गाउँपालिकाको सहयोगमा द न्यू स्टार युवा क्लब बहुअर्वा भाठाले आयोजना गरेको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधि विजयी भएका छन । बहुअर्वा भाठाको फिल्डमा भएको फुटबल प्रतियोगितामा जनप्रतिनिधिको समुहले पत्रकारहरुलाई ३ गोलले हराउदै विजयी भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले पत्रकारहरुले आफु हारेर पनि पत्रकार र जनप्रतिनिधि बिचको विश्वास कायम राख्न जनप्रतिनिधिहरुलाई जिताएको वताए । प्रतियोगिताले जनप्रतिनिधि र पत्रकारहरुको बिचको सम्बन्धलाई अझै बलियो बनाउने उनको भनाई थियो ।

कार्यक्रमकी बिशिष्ठ अतिथी बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देवीले गाउँपालिका अन्तर्गतको सबै विद्यालयमा खेल मैदानको व्यवस्था गरिने वताईन ।

आयोजक क्लबका अध्यक्ष रामसनेही प्रसाद चौहानको अध्यक्षतामा भएको फुटबल प्रतियोगितामा वडाध्यक्ष सकदेव प्रसाद यादव, अनुज चौरसिया, संजय चौहान, संघिय प्रेस प्रदेश नं. २ का उपाध्यक्ष विजय कुशवाहा, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सदस्य जगत राई, पर्साका सचिव युवराज खडका लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन मुकलेश गद्दीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...