Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

बिन्दवासिनीमा जनप्रतिनिधि र पत्रकार विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता

spot_img
spot_img

वीरगंज, ६ असार ।
पर्सा बिन्दवासिनी गाउँपालिकामा जनप्रतिनिधि र पत्रकारहरु बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । बिन्दवासिनी गाउँपालिकाको सहयोगमा द न्यू स्टार युवा क्लब बहुअर्वा भाठाले आयोजना गरेको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधि विजयी भएका छन । बहुअर्वा भाठाको फिल्डमा भएको फुटबल प्रतियोगितामा जनप्रतिनिधिको समुहले पत्रकारहरुलाई ३ गोलले हराउदै विजयी भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले पत्रकारहरुले आफु हारेर पनि पत्रकार र जनप्रतिनिधि बिचको विश्वास कायम राख्न जनप्रतिनिधिहरुलाई जिताएको वताए । प्रतियोगिताले जनप्रतिनिधि र पत्रकारहरुको बिचको सम्बन्धलाई अझै बलियो बनाउने उनको भनाई थियो ।

कार्यक्रमकी बिशिष्ठ अतिथी बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देवीले गाउँपालिका अन्तर्गतको सबै विद्यालयमा खेल मैदानको व्यवस्था गरिने वताईन ।

आयोजक क्लबका अध्यक्ष रामसनेही प्रसाद चौहानको अध्यक्षतामा भएको फुटबल प्रतियोगितामा वडाध्यक्ष सकदेव प्रसाद यादव, अनुज चौरसिया, संजय चौहान, संघिय प्रेस प्रदेश नं. २ का उपाध्यक्ष विजय कुशवाहा, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सदस्य जगत राई, पर्साका सचिव युवराज खडका लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन मुकलेश गद्दीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...