Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

बिन्दवासिनी गाउँपालिकाद्वारा आयोजित पत्रकारिता तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज, ६ असार ।
पर्साको बिन्दवासिनी गाउँपालिकामा आयोजित पत्रकाहरुको क्षमता अभिवृद्धि सम्बन्धी ३ दिने तालिम शुक्रबार सम्पन्न भएको छ । बिन्दवासिनी गाउँपालिकाले आयोजनाको गरेको क्षमता अभिवृद्धि सम्बन्धी आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको हो । तालिमको समापन समारोहमा वोल्दै गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले पत्रकारहरुलाई अझै जिम्मेवार र दक्ष बनाउन तालिमको आयोजना गरिएको वताईन ।

मुलुक संघियतामा गइसके पछि स्थानिय सरकारको जिम्मेवारी बुझेर गाउँपालिकाले पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिमको आयोजना गरेको गुप्ताले वताईन । उनले तालिमबाट सिकेको कुरालाई व्यवहार लागु गरी अझै सशक्त पत्रकारिता गर्नु पर्ने धारणा राखिन ।

पत्रकार महासंघ पर्साकाका अध्यक्ष श्याम बन्जाराले पत्रकारहरुलाई दक्ष बनाउन गाउँपालिकाले तालिम आयोजना गरेकोमा पत्रकाहरुको तर्फबाट बिन्दवासिनी गाउँपालिकालाई धन्यावाद व्यक्त समेत गरे ।

बिन्दवासिनी गाउँपालिकाका प्रेस सल्लाहकार संजिव मिश्राको अध्यक्षतामा भएको समापन समारोहमा संघिय प्रेस फोरम प्रदेश नं. २ का उपाध्यक्ष विजय कुशवाहा, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, सचिव युवराज खडका लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन मुकलेश गद्दीले गरेका थिए ।

तालिमको सहजिकरण नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केशी लामिक्षाने, आवाज एफ.एम. का स्टेशन मेनेजर सुरेश विडारी लगायतकाले गरेका थिए । बहुअर्वा भाठा स्थित रहेको गाउँपालिकाको भाडाको भवनमा भएको तालिममा विभिन्न संचार माध्यमका आधा दर्जन जति पत्रकारहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...