Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

लोक सेवा आयोगको फर्म भर्न समस्या, म्याद थप गर्नु पर्ने मांग

spot_img
spot_img

वीरगंज, ३ असार ।
लोक सेवा आयोगको वेभसाईटमा समस्या देख्दा फर्म भर्न समस्या भएको छ । स्थानिय तहको फर्म भर्न आज अन्तिम दिन भए पनि वेभसाईट नखुल्दा फर्म भर्न समस्या भएको वीरगंजका लक्ष्मन साहले वताए । आफु ३ दिन देखी फर्म भर्न प्रयास गरिरहदा आयोगको वेभसाईटमा अनलाईन फर्म भर्न नसकिएको उनले वताए ।

आफु जस्तै धेरै साथीहरु फर्म भर्न निरन्तर प्रयास गरिरहदा पनि भर्न नसकेको उनले जानकारी गराए । आयोगले खोलेको विज्ञान राज्य व्यवस्था समितिले रद्द गर्ने निर्देशन दिएका कारण विद्यार्थीहरु फर्म भर्न ढिलाई गरेको समेत उनले जानकारी गराए । तर समितिको निर्देशन अनुसार आयोगले विज्ञापन रद्द नगरे पछि सबैले फर्म भर्न थालेको उनले वताए । फर्म भर्न म्याद थप गर्नु पर्ने उनको मांग पनि थियो ।

विज्ञापनको फर्म भर्ने अन्तिम दिनमा सबैले आएर एकैपटक फर्म भर्न थाले पछि समस्या भएको आयोगले जनाएको छ । आयोगको वेभसाईटको क्षमता भन्दा बढीले एकै पटक फर्म भर्न प्रयास गर्न थाले पछि समस्या भएको आयोगको भनाई छ । आयोगका अनुसार एक मिनेटमा एक सय जना जतिले फर्म भर्न थालेका छन ।

यता फर्म भर्न नसकेकाहरु फर्म भर्न म्याद थप गर्न मांग गरेका छन । आयोगले गरेको विज्ञापन विवादित बनेका कारण फर्म भर्न नसकेकाहरु फर्म भर्न म्याद थप गर्नु पर्ने मांग गरेका हुन । अहिले पनि फर्म भर्नको लागि फर्म भर्ने ठाउँमा भिड लागेको छ भने हजारौंको संख्यामा फर्म भर्न नसेको बुझिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...