Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

विज्ञापन नम्बर एउटै, माग अलग

spot_img
spot_img
आयोगले प्रत्येक स्थानीय तहका लागि अलग–अलग विज्ञापन गरिएको भन्दै आए पनि प्रत्येक स्थानीय तहको विज्ञापन नम्बर भने फरक पारिएको छैन । आयोगकै पदाधिकारीले त्यसलाई त्रुटि मानेका छन् ।

आयोगले आफ्ना १४ कार्यालयमार्फत विज्ञापन गरेको छ । ती कार्यालयअनुसार पदहरूको विज्ञापन नम्बर तोकिएको छ । एउटै विज्ञापन नम्बरभित्र तीन दर्जनभन्दा बढी स्थानीय तहको नाम र माग पद संख्या समेटिएका छन् । विज्ञापन नम्बर एउटै र माग पद संख्या स्थानीय तहअनुसार अलग गरिनु त्रुटि रहेको आयोग बैठकमै पनि छलफल भएको स्रोतले बतायो ।

एउटै विज्ञापन नम्बरबाट ५० भन्दा बढी संख्या माग गरिएका कैयौं विज्ञापन छन् । यसअघि आयोगले त्यही कुल संख्यालाई समानुपातिक समावेशी सिद्धान्तअनुसार बाँडफाँट गर्थ्यो । ‘त्यहाँ त्रुटि महसुस भएको छ । लोकसेवाको जुन कार्यालयबाट विज्ञापन माग गरिएको छ, त्यसअनुसार संख्या जोडेर समावेशी सिट बाँड्दा यत्रो समस्या हुने थिएन,’ आयोग स्रोतले भन्यो, ‘सच्याएर जान सकिन्छ कि भन्ने विषयमा छलफल भएको हो । तर, विषय अदालतमा पुगेकाले त्यहाँकै आदेश पर्खने निष्कर्षमा आयोग पुगेको हो ।’

स्थानीय तहका लागि कर्मचारी माग गरेको सरकारले नै विज्ञापन फिर्ता लिइदिने निर्णय गरिदिए आयोगलाई सहज हुने बुझाइ पनि पदाधिकारीको छ । लोकसेवा आयोग ऐनमा समेत माग गरेको निकायले नै कारणसहित फिर्ता गर्न आग्रह गरे विज्ञापन रद्द गर्न सकिने व्यवस्था छ । राज्यव्यवस्था समितिले विज्ञापन रद्द गर्न सरकारलाई समेत निर्देशन दिएको छ । विज्ञापन रद्द गर्ने या नगर्नेबारे आयोगलाई देखाउँदै सरकार निर्णय लिनबाट पन्छिँदै आएको छ ।

आयोगकी पूर्वअध्यक्ष कयोदेवी यमी विज्ञापन नम्बर एउटै भएपछि सिट संख्या कम्पाइल गरेर माग गरिनुपर्ने बताउँछिन् । ‘कम्पाइल गरेर त्यसलाई समानुपातिक समावेशीअनुसारछुट्याइनुपर्थ्यो,’ उनले भनिन्, ‘लोकसेवाले विज्ञापन निकाल्दा स्थानीय तहको अलग–अलग गर्नुपर्ने कहीँकतै भनिएको छैन । त्यसलाई सच्याएर प्रदेशगत रूपमा विज्ञापन निकालिनु राम्रो हुन्छ ।’
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...