Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

काङ्ग्रेस कै कारण मुलुकमा ठुला राजनीतिक परिवर्तनहरु : पुर्व मन्त्री चौरसिया

spot_img
spot_img

रौतहट, २४ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको गत बैशाख २५ गतेबाट सुरु भएको जागरण अभियान आज रौतहटको दुर्गा भगवती गाउँपालिकामा सम्पन्न भएको छ ।

जागरण अभियानलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अजय कुमार चौरसियाले अभियानले काङ्ग्रेस कार्यकर्ताहरुमा बढेको नैराश्यतालाई हटाएर सुदृढ र ससक्त काङ्ग्रेस निर्माणमा सघाउ पु¥याउने वताउनु भयो । काङ्ग्रेसकै कारण मुलुकमा ठुला राजनीतिक परिवर्तनहरु भएको दाबी गर्दै चाैरसियाले काङ्ग्रेस कार्यकर्ताहरुलाई चुनावी पराजयबाट अलिकति पनि विचलित नभई लोकतन्त्र रक्षाका लागी सदैव लागि पर्न आग्रह गर्नु भयो ।

कम्युनिस्ट सरकार आए रुन पनि पाइदैन भन्ने अभिव्यक्ति पार्टी सभापति शेर बहादुर देउवाको वर्तमान ओलि नेतृत्वको सरकारले प्रमाणित गर्दै लगेको जिकिर गर्नु भयो ।

नेपाली काँग्रेसका क्षेत्रिय सभापति शान्ति देवीको सभापतित्वमा भएको जागरण अभियानमा वक्ताहरुले लोकतन्त्रको रक्षा काङ्ग्रेसले मात्र गर्न सक्ने भएकाले काङ्ग्रेस एक हुनुको कुनै विकल्प नरहेको बिताए । अभियानमा सहभागी काङ्ग्रेस नेताहरुले काङ्ग्रेस नेतृत्व प्रति तिब्र असन्तुष्टी जनाउँदै नेतृत्वकै कारण चुनावमा काङ्ग्रेसले आफ्ना एजेन्डा जनतासम्म पु¥याउन नसक्दा पराजय भोग्नुपरेको आरोप समेत लगाए ।

कार्यक्रममा विशिष्ट अतिथि श्रीकान्त यादव, अतिथि सुनिल यादव, प्रदेश सभा सदस्य राजेश चौधरी, नगेन्द्र प्रसाद साह, पुर्व मन्त्री बृजकिशोर सिहं, दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण साह, वडा नं चारका वडा अध्यक्ष रामबाबु यादव, उपमेयर प्रत्यासी विश्वबहादुर साह, महासमिति सदस्य डा. देवचन्द्र मिश्रा, रामकृपाल यादव, संन्तलाल साह, राम सिंहासन राय यादव, जिल्ला सदस्य शेख इरफान, दिनेश केशरी लगायतको विशेष सहभागीता रहेको थियो ।

जागरण कार्यक्रम पछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अजय कुमार चौरसिया सहितका नेता तथा कार्यकर्ताहरुले दुर्गा भगवती गाउँपालिका वडा नं ५ झिटकैया टोल निवासी नेपाली कांग्रेसकाका दलित प्रदेश प्रतिनिधि पुर्व महासमिति सदस्य मगंनी महरा दलितको घरमा चिया नास्ता गर्नु भएको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...