Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

दलित स्कुल ल्याएर मात्र विकास नहुने:-उपमेयर कार्की

spot_img
spot_img

वीरगंज,२४ जेठ ।
सुन्दर शान्त नेपाल परियोजना पर्साको त्रैमासिक संवाद समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ । वीरगंज स्थित कन्ट्रीईन होटलमा आयोजीत कार्यक्रममा संवाद मंच र नागरिक समाज संस्था संचारकर्मीसंग त्रैमासिक बैठक समपन्न गरीएको हो ।
जन जागरण युवा क्लब बाराको आयोजनामा सुन्दर शान्त नेपाल परियोजना बैठकमा दलित, सिमान्कृत तथा पिछडा वर्गहरुका समुदायहरुको लागी राज्यले ल्याएको निति नियम बारे त्रैमासिक छलफल तथा संवाद गरीएको थियो ।

कार्यक्रममा वीरगंज महानगरापलिकाकी उपमेयर शान्ति कार्कीले दलित तथा सिमान्तकृत समुदायको सिट आरक्षण भएकोले दलित स्कुल ल्याएर मात्र विकास नहुने र दलित विकासको लागी सबै जातीसंग समायोजन गरेर मात्र शिक्षा दिईयो भने दलित, सिमान्कृत समुदायको विकास सम्भव हुने उनले बताईन् ।
कार्यक्रममा स्थानीय तहमा जाँदा उक्त सेवाबाट दलितहरुको अगुवा भेला गरी सजिलै सेवा प्रवाह गर्न स्थानीय सरकारले उत्तदायी भूमिका निर्वाह गर्नुपर्ने सहभागी वक्ताहरुले प्रस्तुत गरेका थिए । सुन्दर शान्त नेपाल परियोजना पर्साका संयोजक ओमप्रकाश सर्राफको संयोजकत्वमा भएको बैठकमा दलित र सिमान्कृत समुदायको अधिकार संरक्षित गर्न दलित बस्तीमा अन्तरक्रिया, सिपमूलक तालीम, समुदायको निर्माण जस्ता कार्य स्थानीय सरकारले अहम भूमिका खेल्नु पर्ने जानकारी दिएका थिए ।
जनजागरण युवा क्लब बाराले आयोजना गरेको बैठकका सहजीकरण शिवनाथ यादवले गरेका थिए भने नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, बहुदरमाई नगरपालिकाकी उपमेयर गायत्री देवी यादव, नागरिक सम्वाद मञ्च पर्साकी सदस्य शोभा धमला, दलित महिला संघ पर्साकी अध्यक्ष निला राम लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...