Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

अध्यक्ष भए दिन देखी नै गोष्ठी, बैठक, तालिम जादा जादै समय बितेको :-अध्यक्ष मिया

spot_img
spot_img

वीरगंज,२४ जेठ ।
जिल्ला शिक्षा विकास समन्वय ईकाई कार्यालय पर्साको आयोजनामा ईजिआरपी कार्यक्रम अन्तर्गत शुक्रवार बिरगंजको भिस्वा होटलमा नेतृत्व विकास तथा पैरवी कार्यक्रम सम्पन भएको छ । कार्यक्रममा जगरनाथपुर गाउपालिकाका अध्यक्ष जालिम मियाले गाउपालिका अध्यक्ष भए दिन देखी नै सरकारी तथा गैरसकारी संस्थाहरुको सभा, गोष्ठी, बैठक, तालिम जस्ता कार्यक्रममा जादा जादै समय बितेको बताएका छन ।

समय झिनामसिना कुरामा बित्दा अपेक्षित काम हुननसकेका कारण जनताले आका्रेशित भईरहेको बताएका छन । पुरानै मान्छे पुरानै शैलीलले गर्दा मात्रै स्वरुप बदलेकोले विकासको क्रममा बदलाव नभएका कारण चाहिने जति अगाडी बढन नसकिएको बताए । मियाले आफना भनाईहरु राख्दै ईमान्दारी पुर्बक लागे जुन सुक्कै काम हुने भएकोले आआफनो ठाउबाट ईमान्दारी अपनाउन आग्रह गर्नु भयो । कार्यक्रममा पकहामैनपुर गाउपालिकाका अध्यक्ष बिजय चौरसियाले शिक्षाको विकास गर्न तथा गुणस्तरिय बनाउन ४ जनाको मुख्य भुमिका हुने बताउनु भएको छ ।

पहिलो भुमिका शिक्षकको, दोसा्रे बिधार्थीको, तेसा्रे अभिभावकको र चौथौ हामी जनप्रतिनिधिको रहेको बताए । यी चारै जनाले ईमान्दारी नअपनाए शिक्षाको स्तर नउठने ठोकुवा गर्नु भयो । कार्यक्रममा कालिकामाई गाउपालिकाका अध्यक्ष नथुनी कुश्वाहा, बिन्दवासीनी गाउपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ता, ठोरी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापा लगायतकाले मन्तब्य राखेका थिए । यसै क्रममा बिरगंज महनगरपालिकाका शिक्षा समन्वय ईकाई प्रमुख अरबिन्दलाल कर्णले भोली बिरगंजमा १८ माध्यमिक बिधालय मध्ये २ वटा बिधालय रेल्वे मावि र श्रीपुर मालिाई डिजिटल प्रबिधीबाट बिधालय सचालन गर्नका लागी उदघाटन हुने बताउनु भएको छ । बिरगंजका बाकी बिधालयमा पनि बिस्तारै लागु गर्ने बताए । ईजिआरपी कार्यक्रममा कार्यक्रम संयोजक भरत सहनीले प्रस्तुती गर्दै गाउपाकिलाकाले ४ वटा क्रियकलाप गर्नु पर्नेमा एक वटा पनि क्रियाकलाप आज सम्म नगरेको विवरण सार्वजनिक गर्नु भएको छ । जगरनथापुर गाउपालिका, पर्सागढी नगरपालिका, कालिकामाई गाउपालिका, धोबिनी गाउपालिका र पटैवर्वासुगौली गाउपालिकाले गर्ननसकेको तथ्यांके प्रस्तुत गर्नु भएको थियो । १ दिने कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरुले घुम्ती पढाई, पा्ररम्भीक कक्षा पढाई, दौतरी शिक्षा, तालिम, अवलोकन, अनुगमन तथा समिक्षा र पढाई मेला कार्यक्रम बारे प्रस्तुती गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...