Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

स्वदेश मै बसी वैदेशिक रोजगार भन्दा बढि पैसा कमाउने लक्ष्य : मुखिया

spot_img
spot_img

बारा, २१ जेठ ।
बारागढी गाउँपालिका वडा नं. ३ मुर्कीपलिया बस्ने रामअयोध्या मुखियाले गाउँमै सीपमुलक तालिम सुरु भएपछि खुशी भएका छन् ।मुलुक भरीनै सीपको खाचोले वैदेशकि रोजगारकालगी जाने गरेको कारण उनी स्वदेश मै बसी वैदेशिक रोजगार भन्दा बढि पैसा कमाउने लक्ष्य छ रहेको छ । खास गरेर ग्रामीण भेगका युवाहरु रोजगारीको लागि विदेशिने क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यले बारागढी गाउँपालिकाले आयोजना गरेको मोबाइल रिपेयरिड्ड तालिममा सहभागी मुखियाले यस तालीमको सदुपयोग गर्दै व्यवसायी तर्फ उन्मुख हुने बताए ।

बारागढी गाउँपालिकाको सहयोगमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् जय किसान पोलिटेक्निक इन्स्ट्च्युट धरहरी रौतहटले आयोजना गरेको सिटिभिटिद्वारा संचालित निःशुल्क ३९० घण्टे मोबाइल रिपोरिड्ड तालिममा सहभागी युवाहरुको मात्र एउटै भनाई थियो तालिम सके पछि पसल थाप्ने । शिक्षा हासिल गर्न नसकेका मध्यम वर्गका ग्रामीण भेगका अधिकाँश युवाहरु रोजगारीको क्रममा विदेशिने गरेका छन् । वैदेशिक रोजगारको क्रममा हुने गरेको दुःख, कष्टबाट गुज्रेका तथा विदेशबाट फर्केर आएका युवाहरु अहिले विभिन्न सीपमुलक तालिममा व्यस्त छन् ।


गाउँपालिकाले अहिले संचालन गरेको तालीममा बेरोजगार भएर बसेका युवाहरुलाई स्वरोजगारमुलक बनाउने उद्देश्यका रहेकोे छ । गाउँपालिकाको पहिलो प्राथमिक्तामा रहेको भौतिक पूर्वाधार विकासको साथसाथै दोश्रो प्राथमिक्तामा रहेको युवा तथा युवतीहरुलाई स्वरोजगारमुलक बनाउने योजना अहिले रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीको बताए ।
गाउँपालिकामा अहिले सीप नै धन हो, तालिम नै ज्ञान हो, लगनशीलता नै सफलता हो भन्ने नारा सहित मोबाइल रिपेयरिड्ड तालिम लगायत ६५ दिने आधुनिक तरकारी खेती तालिम, व्युटिसियन तालिम तथा बुटिक तालिम जस्ता सीपमुलक तालिमहरु संचालनमा छन् । यि तालिमहरुमा १ सय भन्दा बढि युवा युवतीहरु सहभागी छन् । मोबाइल रिपेयरिड्ड तालिममा खास गरेर वैदेशिक रोजगारका फर्केका युवाहरु तथा बेरोजगार युवाहरु सहभागी छन् भने आधुनिक तरकारी खेती तालिममा युवती तथा महिलाहरुको सहभागिता छ । उनीहरुलाई जैविक मल तथा प्राड्डगरिक मल प्रयोग गरि कसरी बढि भन्दा बढि तरकारी उत्पादन गरि व्यवसायिक्ता तर्फ उन्मुख हुनुपर्ने बारे तालिम प्रदान गरिदैछ ।

यसैगरि व्युटिसियन तालिममा किशोरीहरुको आकर्षण पनि उत्तिकै छ । गाउँघरमा खासै व्युटिपार्लरबारे चर्चा नरहेतापनि अहिले किशोरीहरु व्युटिसियन तालिम तर्फ आकर्षित छन् । उनीहरुले आफूहरुलाई कसरी बढि भन्दा बढि राम्री देखाउन सकिन्छ भन्नेबारे तालिम प्राप्त गर्न पाएपछि हर्षोल्लासका साथ तालिम प्राप्त गरि रहेका छन् । तालिम प्राप्त गरेर व्युटिपार्लर संचालन गरि व्यवसायतर्फ उन्मुख भई आर्थिक अवस्थामा पनि आत्मनिर्भर हुने उनीहरुको उद्देश्य छ । सधैं श्रीमान् तथा बुवा, भाईसँग पैसा माग्ने महिला तथा किशोरीहरु व्युटिसियन तालिम सिकेर आय आर्जन गर्नुका साथै आफ्नो परिवारलाई आर्थिक कार्यमा पनि सघाउने उनीहरुको उद्देश्यको तालिममा सहभागी किशोरी जमुना चौधरीको भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढे

सेढवा । मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी, भाइरल ज्वरो तथा टाइफाइडलगायतका रोगका बिरामीको संख्या बढ्न थालेको छ । बिहान–बेलुका चिसो र दिउँसो गर्मी...

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...