Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

ट्रिपरले ठक्कर दिँदा एकको मृत्यु

spot_img
spot_img

वीरगंज,२१ जेठ ।
बाराको कलैया पिलुवा सडकखण्ड अन्तर्गत मङगलबार ट्रिपरले ठक्कर दिँदा एकको मृत्यु भएको छ । ठक्करमा परी मृत्यु हुने बाराको सिसवा महेशपुरकी ३५ वर्षीया खुश्बु नेशा खातुनको घटनास्थलमै मृत्यु भएको हो।
ना ८ ख ३१२९ नम्बरको ट्रिपरले वीरगजबाट कलैया जाँदै गरेको ना १६ प ९७५७ नम्बरको मोटरसाइकलाई ट्रिपरले ठक्कर दिँदा दम्पति सवार मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् ४० वर्षीया जाकिर हुसेन गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।घाइते हुसेनको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
नवलपरासीको कावासोतीमा व्यापार गर्दै आएका दम्पति बुधबार इदुल फित्र मनाउन मोटरसाइकलमा घर फर्किँदै गरेका बेला ट्रिपरले कलैया उपमहानगरपालिका २६ श्रीपुरमा दिउँसो ठक्कर दिएको थियो ।ट्रिपर र ट्रिपर चालक सुरेन्द्र पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनालगत्तै स्थानीयले सडकमै मृतक खातुनको शव राखेर स्थानीय प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए। सडक अवरुद्ध भएपछि घटनास्थलमा पुगेको प्रहरी र प्रदर्शनकारी बीच भएको छलफलमा तत्कालका लागि कलैया पिलुवा सडकखण्ड ट्रिपर चल्न नदिने सहमति भएपछि सडक सूचारु भएको बाराका प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौरले जानकारी दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...