Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

लोक सेवा आयोगको विरोधमा विद्यार्थीहरु आन्दोलित, काठमाण्डौमा दिनहु प्रदर्शन तथा जुलुश

spot_img
spot_img

काठमाण्डौ, १९ जेठ ।
लोक सेवा आयोगले जेठ १५ गते गरेको स्थानिय तहको विज्ञापनको विरोधमा काठमाण्डौमा आन्दोलन सुरु भएको छ । लोक सेवा आयोगले असंवैधानिक तरिकाले विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रेका छन ।

काठमाण्डौमा लोक सेवाको तयारी गर्दै आएका विद्यार्थीहरु आयोगले असमावेशि तरिकाले विज्ञापन गरेको भन्दै रोडमा उत्रेका हुन । विद्यार्थीहरुले आईतबार काठमाण्डौमा विशाल विरोध जुलुश निकाल्नुको साथै आयोगलाई ज्ञापन पत्र समेत बुझाएका छन ।

काठमाण्डौको अनामनगरबाट निस्कोको बिरोध जुलुश बानेश्वरमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्ने विद्यार्थी अगुवाहरुले लोक सेवा आयोगले गरेको विज्ञापन विभेदकारी रहेकोले सच्याउन मांग गरेका थिए ।

आयोगले गरेको विज्ञान असंवैधानिक रहेको उनिहरुको भनाई थियो । संविधानमा उल्लेख रहेको समावेशिताको हक यो विज्ञानले कुण्ठित गरेको भन्दै वक्ताहरुले आयोगले विज्ञापन नसच्याउनजेल आन्दोलन जारी राख्नु पर्ने चेतावनी समेत दिए ।

यसै विच लोक सेवा आयोगको केन्द्रिय कार्यालय अनामनगरमा पुगी विद्यार्थीहरु ज्ञापन पत्र समेत बुझाए । संघर्ष समितिका अध्यक्ष देवनारायण यादव र महासचिव अजय मिश्राको नेतृत्वमा आयोगकाको कार्यालय पुगेका सयौं विद्यार्थीहरु आयोगका प्रवक्ता किरण राज शर्मालाई ज्ञापन पत्र बुझाएका थिए ।

लोक सेवा आयोगले विज्ञापन गरेको भोलीपल्ट जेठ १६ गते देखी नै विद्यार्थीहरु आन्दोलित भएका छन । आन्दोलित विद्यार्थीहरु भोली सोमबार सर्वोच अदालतमा आयोगको विरोधमा मुद्दा दिने तयारी समेत गरेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...