Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

लोक सेवा आयोगको विरोधमा विद्यार्थीहरु आन्दोलित, काठमाण्डौमा दिनहु प्रदर्शन तथा जुलुश

spot_img
spot_img

काठमाण्डौ, १९ जेठ ।
लोक सेवा आयोगले जेठ १५ गते गरेको स्थानिय तहको विज्ञापनको विरोधमा काठमाण्डौमा आन्दोलन सुरु भएको छ । लोक सेवा आयोगले असंवैधानिक तरिकाले विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रेका छन ।

काठमाण्डौमा लोक सेवाको तयारी गर्दै आएका विद्यार्थीहरु आयोगले असमावेशि तरिकाले विज्ञापन गरेको भन्दै रोडमा उत्रेका हुन । विद्यार्थीहरुले आईतबार काठमाण्डौमा विशाल विरोध जुलुश निकाल्नुको साथै आयोगलाई ज्ञापन पत्र समेत बुझाएका छन ।

काठमाण्डौको अनामनगरबाट निस्कोको बिरोध जुलुश बानेश्वरमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्ने विद्यार्थी अगुवाहरुले लोक सेवा आयोगले गरेको विज्ञापन विभेदकारी रहेकोले सच्याउन मांग गरेका थिए ।

आयोगले गरेको विज्ञान असंवैधानिक रहेको उनिहरुको भनाई थियो । संविधानमा उल्लेख रहेको समावेशिताको हक यो विज्ञानले कुण्ठित गरेको भन्दै वक्ताहरुले आयोगले विज्ञापन नसच्याउनजेल आन्दोलन जारी राख्नु पर्ने चेतावनी समेत दिए ।

यसै विच लोक सेवा आयोगको केन्द्रिय कार्यालय अनामनगरमा पुगी विद्यार्थीहरु ज्ञापन पत्र समेत बुझाए । संघर्ष समितिका अध्यक्ष देवनारायण यादव र महासचिव अजय मिश्राको नेतृत्वमा आयोगकाको कार्यालय पुगेका सयौं विद्यार्थीहरु आयोगका प्रवक्ता किरण राज शर्मालाई ज्ञापन पत्र बुझाएका थिए ।

लोक सेवा आयोगले विज्ञापन गरेको भोलीपल्ट जेठ १६ गते देखी नै विद्यार्थीहरु आन्दोलित भएका छन । आन्दोलित विद्यार्थीहरु भोली सोमबार सर्वोच अदालतमा आयोगको विरोधमा मुद्दा दिने तयारी समेत गरेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...