Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

खाद्यान्न समाग्रीहरुमा लगाइएको भ्याट कर हटाउन सांसद यादवको मांग

वीरगंज,१९ जेष्ठ ।
प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले गरिब तथा दैनिक ज्यालादारी गरेर खानेहरुलाई असर पर्ने गरी खाद्यान्न समाग्रीहरुमा लगाइएको भ्याट कर तत्काल हटाउन मांग गरेका छन ।

- Advertisement -

आर्थिक वर्ष २०७६/०७७ को बजेट माथी आईतबार देखि संघिय संसदमा शुरु भएको छलफलमा बोल्दै सांसद यादवले आम जनताको दैनिकी संग जोडीएको खाद्यान्न समाग्रीहरु आँटा र सोयाविनमा लगाइएको भ्याट कर तत्काल हटाउन सभामुख मार्फत अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुन ।

सांसद यादवले भने ‘सरकारले भनिरहेको छ समृद्ध नेपाल सुखी नेपाली तर सरकारको भनाई र गराईमा धेरै फरक छ’ । आम जनताले दैनिक उपभोग गर्ने खाद्यान्न समाग्रीमा भ्याट कर लगाएर नेपाली सुखी हुदैनन् त्यसकारण आम जनतालाई असर पार्ने त्यस्ता कर हरुलाई तत्काल हटाउन अर्थमन्त्रीलाई यादवले गरे ।

समाजवादी पार्टी पर्साका अध्यक्ष समेत रहेका सांसद यादवले भने ‘आँटा र सोयाविनमा लगाइएको करले ठुलाबडाहरुलाई खासै असर पर्दैन जो दैनिक काम गरेर खाने गरिब किशानहरु छन’ ।

उनिहरुलाई महंगीले दैनिक जिविको पार्जन गर्न समेत अप्ठायारो हुने भएकोले यस्ता कर कुनै पनि हालतमा नलगाउन र तत्काल फिर्ता लिन समेत सांसद यादवले सदनको ध्यानाकर्षण गराएका थिए ।

ताजा अपडेट

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...