Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

खाद्यान्न समाग्रीहरुमा लगाइएको भ्याट कर हटाउन सांसद यादवको मांग

spot_img
spot_img

वीरगंज,१९ जेष्ठ ।
प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले गरिब तथा दैनिक ज्यालादारी गरेर खानेहरुलाई असर पर्ने गरी खाद्यान्न समाग्रीहरुमा लगाइएको भ्याट कर तत्काल हटाउन मांग गरेका छन ।

आर्थिक वर्ष २०७६/०७७ को बजेट माथी आईतबार देखि संघिय संसदमा शुरु भएको छलफलमा बोल्दै सांसद यादवले आम जनताको दैनिकी संग जोडीएको खाद्यान्न समाग्रीहरु आँटा र सोयाविनमा लगाइएको भ्याट कर तत्काल हटाउन सभामुख मार्फत अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुन ।

सांसद यादवले भने ‘सरकारले भनिरहेको छ समृद्ध नेपाल सुखी नेपाली तर सरकारको भनाई र गराईमा धेरै फरक छ’ । आम जनताले दैनिक उपभोग गर्ने खाद्यान्न समाग्रीमा भ्याट कर लगाएर नेपाली सुखी हुदैनन् त्यसकारण आम जनतालाई असर पार्ने त्यस्ता कर हरुलाई तत्काल हटाउन अर्थमन्त्रीलाई यादवले गरे ।

समाजवादी पार्टी पर्साका अध्यक्ष समेत रहेका सांसद यादवले भने ‘आँटा र सोयाविनमा लगाइएको करले ठुलाबडाहरुलाई खासै असर पर्दैन जो दैनिक काम गरेर खाने गरिब किशानहरु छन’ ।

उनिहरुलाई महंगीले दैनिक जिविको पार्जन गर्न समेत अप्ठायारो हुने भएकोले यस्ता कर कुनै पनि हालतमा नलगाउन र तत्काल फिर्ता लिन समेत सांसद यादवले सदनको ध्यानाकर्षण गराएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...