Date
आइत, असार २८, २०८३
Sun, July 12, 2026

प्रदेश नं २ बाट विकासको नयाँ मोडल शुरु हुन्छ : मन्त्री बाँस्कोटा

spot_img
spot_img

बर्दिबास ,१८ जेठ ।
प्रदेश नं २ बाट विकासको नयाँ मोडल शुरु हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् । महोत्तरीको बर्दिवासमा शनिबार प्रदेश नं २ को रेडियो नेपालको प्रादेशिक प्रसारण सेवा शुभारम्भ तथा भवन शिलान्यास गर्दै उहाले सङ्घीय सरकारले प्रदेश नं २ लाई उच्च स्थानमा राखेर जनताले अनुभूति गर्ने गरी काम गरी देखाउने बताए छन ।

सघीय सरकारले थालेका कार्यलाई प्रदेश सरकार र स्थानीय सरकारको सहयोगी भूमिका रहने मन्त्री बाँस्कोटाको जानकारी दिदै तीनै तहका सरकारको समन्वयमा गरिने काम चाँडै परिणाममुखी हुने बताए । मुलुकमा सघीय लोकतान्त्रिक गणतन्त्र शासन पद्धतिको नयाँ अभ्यास शुरु भएको र यो पद्धतिको सफल कार्यान्वयनमा प्रदेश–२ को अगुवाइमा हुने उनले अ‍ैलाएका थिए ।

“सघीयताको आवाज विगतआन्दोलनमा यहीं (प्रदेश–२) बाट शरु भएको थियोे”, मन्त्री बाँस्कोटाले भने, “अब यसलाई संस्थागत गर्ने र आम नेपालीको जीवनपद्धतिमा यसलाई ढाल्ने दायित्व पनि प्रदेश नं २ ले गर्नेछ ।”


समारोहमा प्रदेश–२ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले रेडियो नेपालको प्रादेशिक प्रशारण केन्द्र प्रदेशका सबै जनताको साझा सम्पति रहेको तथा यसलाई समयअनुसार विकास गर्दै लाने कुरामा प्रदेश सरकारको प्रतिबद्ध रहेको उल्लेख गरेका थिए ।

रेडियो नेपालको प्रदेश २ को प्रादेशिक प्रसारण सेवा शनिबारदेखि बर्दिवासमा औपचारिक रुपमा शुरु भएको छ । प्रसारण केन्द्रको संयुक्त रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटा र प्रदेश–२ का मुख्यमन्त्री राउतले स्टुडियोबाटै शुभकामना मन्तव्य दिएर शुभारम्भ गरेका थिए ।


प्रादेशिक प्रसारण सेवाको उद्घघाटनसँगै दैनिकरुपमा प्रदेश नं २ को बर्दिवास प्रशारण केन्द्रबाट नै मैथिली, भोजपुरी, मगही तथा नेपाली भाषामा समाचार तथा अन्य कार्यक्रम उत्पादन तथा प्रसारण गरिने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले कार्यक्रममा जानकारी दिए । निकट भविष्यमा नै बर्दिवास प्रशारण केन्द्रको क्षमता विस्तार गरेर सात भाषामा दैनिक १८ घण्टा प्रशारण र्पुयाउने लक्ष्य रहेको उनको भनाइ थियो ।

बर्दिवासमा रेडियो नेपालले हालका लागि १०३ मेगाहर्ज र ११४३ किलोहर्जबाट प्रादेशिक प्रसारण गर्न थालेको र नयाँ भवन दुई करोड ११ लाख रुपैयाँको लागतमा निर्माण शुरु आजै गरिएको छ । नौ महीनाभित्र भवन निर्माणको काम सम्पन्न हुने रेडियो नेपाल, प्रदेश–२ प्रादेशिक प्रसारण कार्यालयका प्रमुख रामपुकार रामले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशी भएकै कारण विभेद र फिल्मबाट हटाइएको काजल कर्णको दाबी

काठमाडौं । छायांकनरत नेपाली फिल्म ‘चिरञ्जीवि भवः’ विवादमा तानिएको छ । अभिनेत्री काजल कर्णले आफू मधेशी भएकै कारण विभेद गरिएको र फिल्मबाट हटाइएको आरोप...

वीरगंजमा सडक विस्तार अभियान तीव्र, एक सातामै करिब ३ सय घर भत्काइयो

वीरगंज । वीरगंज महानगरपालिकाको मुख्य सडक विस्तार अभियान तीव्र गतिमा अघि बढिरहेको छ । अभियान सुरु भएको एक सातामै करिब ३ सय घर तथा...

निजी घर निर्माणका लागि रेल्वे राेडमा दुई महिनादेखि बाटो बन्द, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ अन्तर्गत रेल्वे रोडस्थित नेपाल जिम क्लबको पश्चिमतर्फ जाने सार्वजनिक बाटो करिब दुई महिनादेखि बन्द हुँदा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य...